काठमाडौंमा जनगणतान्त्रिक मञ्चको जनवादी देउसी भैलो अभियान

mas

कात्तिक १६, काठमाडौं :  १) उथलपुथल जहाँ हुन्छ । सुन्दर जीवन त्यहाँ फुल्छ ।। २) गाइ त बाँध्यो ढुङ्ग्रोमा मइ छैन । गरिबको चमेली बोली दिने कोइ छैन ।।

bhailo5
यस्तै–यस्तै थुप्रै जनवादी गीतहरुमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालले आयोजना गरेको जनवादी द्यौसी–भैलो कार्यक्रममा चिराग जनसांसकृतिक परिवारका कलाकारहरुले कम्मर भाचेर नृत्य प्रस्तुत गरेका थिए ।

000000000000000000000000000000000000000000000000000000000000000000

सो कार्यक्रम कात्तिक १४ र १५ गते काठमाडौंको नयाँ बसपार्क देखि सुरु भएर सतुङ्गलमा पुगेर समापन भएको कुरा सो संगठनका केन्द्रीय सदस्य झनक श्रेष्ठले बताएका छन् । चिराग जनसांसकृतिक परिवारका जनकलाकारहरुले प्रस्तुत गरेको नृत्यलाई हजारौंको संख्यामा जनसमुदायहरुले ताली बजाएर साथ दिएका थिए ।

123

चिराग जनसांस्कृतिक परिवार उप–संयोजक तथा नृत्य निर्देशक रोमा, कलाकार तथा सदस्यहरु सुनिता सब्बु, रेखा लामा, मिना थापा, मनिका परियार, अल्विना घिमिरे, कुमारी थापा, अप्सरा आचार्य लगायतले जनवादी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

deuusi22

सो कार्यक्रमको उद्घाटन र समापन नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा जनसास्कृतिक महासंघका इन्चार्ज क. टेक ब. बलम्पाकीले गरेको थिए भने सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य केसाङ लामाले गरेका थिए ।

bhailo

त्यसैगरि सो कार्यक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय अध्यक्ष रत्न मगर, केन्द्रीय सचिव सुरेश अधिकारी, केन्द्रीय सदस्यहरु नरोत्तम पाण्डे, हिरा शाही, पुर्ण श्रेष्ठ, उद्धव पौडेल, दुर्गाप्रशाद अधिकारी, गणेश बोहोरा, अर्जुन कटुवाल, करन बडाल, प्रेम लामा, बद्री यादव, यम बहादुर आले, सुशिल बलाम्पाकी,राजु कार्की,राजु अधिकारी, बुद्धीप्रशाद ढुङ्गाना, ङिमा शेर्पा, सिताराम दाहाल, एलकेराय माझी, क्षेवाङ लामा,गणेश बस्नेत, विष्णु खत्री बुद्धीशागर खनाल, लेखनाथ देउवान , कुमार दोङ, घनस्याम गौतम, केशव प्रशाद चौलागाई, यम लाल तामाङ, राम चन्द्र काफ्ले लगायतका उपस्थिती रहेको थियो ।

bhailo8

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :