आन्दोलन चर्काउँदै माओवादी

20160314_125411

कात्तिक १७, खाद्य सम्प्रभुता सुनिश्चित गर्न दबाव दिने उद्धेश्यले २८ गते नेपाल बन्द घोषणा गरेको माओवादीले संघर्षका कार्यक्रमहरु तीब्र पारेको छ । त्यसक्रममा १९ गते कोणसभा, २१ गते पोस्टरिङ्ग, २२ गते थाल ठटाउने जुलुश, २३ गते चक्काजाम लगायतका कार्यक्रम सार्बजनिक गरेको छ ।

कालो बजारी गरेर कृतिम अभाव र मुल्यबृद्धि गर्नेहरुका विरुद्ध माओवादीले जनकारवाही गर्ने नेकपा (माओवादी) पोलिट व्यूरो तथा प्रकाशन विभाग इन्चार्ज अनिल शर्माले बताउनु भएको छ ।

स्मरण रहोस् माओवादीले विपन्न वर्गका लागि दैनिक उपभोग्य बस्तुको मुल्यमा ५०% मुल्य घटाउनु पर्नेे माग राख्दै नेपाल बन्दको अव्हान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :