नेकपा गोकर्णेस्वर र कागेश्वरी मनाेहरा नगरद्वारा महङ्गी विरुद्ध प्रदर्शन

नेकपा गोकर्णेस्वर र कागेश्वरी मनाेहरा नगरद्वारा महङ्गी विरुद्ध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी गोकर्णेस्वर तथा कागेश्वरी मनाेहरा नगरले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि तथा महङ्गी विरुद्ध प्रदर्शन गरेका छन् । मुल्यबृद्धि विरुद्ध पार्टीको घोषित पाँच दिने संघर्ष कार्यक्रम अनुसार शनिबार प्रदर्शन र्यालीसहित जोरपाटी चोकमा कोणसभा सम्पन्न गरेका छन् । ।

उक्त कोण सभालाई जनसाँस्कृतिक महासंघका सचिव सरल, गोकर्णेश्वर नगर इन्चार्ज अनिल र पूर्व जनमुक्ति सेना तथ नगर सदस्य रेणुकाले सम्बोधन गरेका थिए । गोकर्णेश्वर नगर सेक्रेटरी श्रीले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रममा कागेश्वरी मनाेहरा इन्चार्ज ध्रुव, नगरका सेक्रटरी दिपको उपस्थिति थियो ।

कोण सभालाई सम्बोधन गर्दै वक्तहरूले पेट्रोलिएम पदार्थको मूल्य बृद्धि फिर्ता लिन सरकारसँग माग गर्दै ३० गतेको नेपाल बन्द सफल पार्न आह्वन गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :