पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न अखिल (क्रान्तिकारी) को माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न अखिल (क्रान्तिकारी) को माग

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

मुल्यवृद्धिप्रति संगठनले गंभिर ध्यानाकर्षण भएको जनाउदै उक्त चर्को मुल्यवृद्धि तत्काल खारेज गरि पेट्रोलियम पदार्थमा भइरहेका चुहावट र भष्टाचारी कर्मचारीहरू माथी कार्वाही गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) ले बढाइएको मुल्य नघटाएसम्मका लागी देशव्यापी पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा समेत गरेको छ । मुल्यवृद्धि फिर्ता नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गरिने चेतावनी पनि दिएको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जारी गरेको विज्ञप्तिको पूरा पाठ–  हाम्रो गौरवशाली संगठन निरन्तर राष्ट्र, जनता र युवा विद्यार्थीहरूको पक्षमा आन्दोलनरत छ। यो विरासत आज पनि बलिदान सहित क्रान्तिकारी विद्यार्थीहरूले अगाडि बढाई रहेका छन् । देशमा दलाल संसदिय व्यवस्थाका कारण राष्ट्रघात, जनघात बढिरहेको र नेपाली जनताले दुःख पाउने प्रक्रिया निरन्तर छ । जसको पछिल्लो उदाहरण हो कार्तिक २१ मा नेपाली भूमि सुस्तामा भारतीय प्रहरीले गरेको हस्तक्षेप । यो प्रकारको हस्तक्षेप हुदाँ पनि सरकार मौन रहनु राज्यको गैह्र जिम्मेवार र दलालीको पराकास्टा हो ।

कुरा यतिमा टुंगिदैन यसैबीच राष्ट्रघाती एमसीसीबारे संयुक्त हस्ताक्षरको विवाद र संसदबाट पास गर्ने कुराहरू पनि बाहिर आइरहेका छन्‌ । यी समाचारले नेपाली जनता आजित भैरहेकै बेला जनताको जनजीविकासँग जोडिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि पटक पटक गरिदाँ नेपाली जनताको जीवन थप कष्टकर बनिरहेको छ । यसैबीच फेरी २०७८ कार्तिक २४ गते पेट्रोलियम पदार्थमा रू. ३र३ प्रतिलिटर, एलपी ग्यासमा रू. ७५ र हवाई इन्धनमा रु. ५ प्रतिलिटर गरिएको मुल्यवृद्धिप्रति हाम्रो संगठनको गंभिर ध्यानाकर्षण भएको छ । यो चर्को मुल्यवृद्धि तत्काल खारेज गरि पेट्रोलियम पदार्थमा भइरहेका चुहावट र भष्टाचारी कर्मचारीहरू माथी कार्वाही गरियोस् भन्ने माग राख्दछौं । बढाइएको मुल्य नघटाएसम्मका लागी देशव्यापी पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गर्दछौँ । मुल्यवृद्धि फिर्ता नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :