सल्यानमा नेकपा समर्थित युवा र जनताद्वारा १२ जना जुवाडेमाथि कारबाही

सल्यानमा नेकपा समर्थित युवा र जनताद्वारा १२ जना जुवाडेमाथि कारबाही

सल्यानको  छत्रेश्वरी गाउँपालिका वडा नं. ४ हानेसल्लामा नेपाल कम्युनिस्ट पार्टी समर्थित स्थानीय युवा र जनताले १२ जना जुवाडेहरुमाथि गरेको सामाजिक कारबाहीको लागि नेकपा सल्यानले विशेष धन्यवाद प्रकट गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी सल्यानका जिल्ला सेक्रेटरी नारायण चन्दले एक प्रेस विज्ञप्ती जारी गरी जुवातास जस्तो सामाजिक अपराध र विसङ्गतिजन्य क्रियाकलापहरु जिल्लाका विभिन्न स्थानमा चलिरहेको र यस्ता अनैतिक क्रियाकलापको नियन्त्रण गर्ने निकाय समेत कतिपय ठाउँमा मुकदर्शक भएको र कतिपय स्थानमा त झन् मिलीमतोमा यस्ता क्रियाकलाप भैरहेका सूचना आइरहेकोले यसप्रति गम्भीर बन्न सम्बधित पक्षको विशेष ध्यानाकर्षण गराएका छन् ।

साथै हानेसल्लामा भएको जुवाडेमाथिको सामाजिक कारबाहीपछि प्रहरी प्रशासन जुवाडेहरुको उक्साहटमा लागेर जुवाडेहरुकै संरक्षक जस्तो बनेर पार्टीका कार्यकर्तालाई धरपकड गर्न खोज्ने कुरा निन्दनीय छ विज्ञप्तीमा भनिएको छ, -`यस्तो कार्यमा सम्लग्न नहुन प्रहरी प्रशासनलाई सचेत हुन आग्रह गर्दछौं ।`

विज्ञप्तीमा भनिएको छ, -`हामी प्रहरी प्रशासनलाई गम्भीरतापूर्वक आग्रह गर्दछौं कि, सामाजिक अपराध न्यूनीकरण गर्ने सवालमा सरोकारवाला पक्षसँग सहकार्य गर्ने सन्दर्भमा, समन्वय र आवश्यक सहयोग गर्ने कुरा पार्टीको प्राथमिकताको विषय नै हो, यस्तो सामाजिक मुद्दामा प्रहरी, जनता र राजनीतिक पार्टीको एकीकृत सहकार्य र पहल अतिआवश्यक छ । सामाजिक जागरणको पक्षमा दृढ़ बन्दै सामाजिक विसङगतिका विरुद्ध जागरुक हुन, चाडपर्वमा जुवातास खेलेर घरबार बिहिन नहुन र मदिरा सेवन गरेर व्यक्तिगत, पारिवारिक र सामाजिक वातावरण नखल्बल्याउन सल्यानवासी जनसमुदायलाई पनि अनुरोध गर्दछौं । साथै चाडपर्वलाई पारिवारिक र सामाजिक एकता सद्भावको रुपमा खुशीयालीसहित मनाउन शुभकामना प्रकट गर्दछौं ।`

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :