नेपाल कम्युनिस्ट पार्टी गुराँस गाउँ समिति दैलेखको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी गुराँस गाउँ समिति दैलेखको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी गुराँस गाउँ समिति दैलेखको बैठक बुधबार गुराँस गाउँपालिकाको वडा नं. ५ को सियाँला भैरीमा सम्पन्न भएको छ । बैठका प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटेरी दिपेन्द्रले देशको राजनीतिक संकट बढ्दै गएको बताए ।

केपी प्रचण्डले कम्युनिस्टको नाममा विगतमा गरेको एकता कुनै सिद्धान्त, विचार र उदेश्यमा आधारित एकता नभएकाले अहिले पार्टी विभाजन र दुई तिहाईको सरकार चौपट भएको उल्लेख गरे । अहिलेको राजनीतिक संकटको समाधान संसदीय निर्वाचनबाट हुन नसक्ने र पार्टीले अघि सारेको संयुक्त प्रगतिशील सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको नीतिले मात्र समाधान हुनेमा जोड दिए ।

गुराँस गाउँ समिति इन्चार्ज विश्व र जिल्ला समिति सदस्य चन्द्र अतिथि रहेको बैठकको अध्यक्षता गुराँस गाउँ समिति सेक्रेटरी गगनले गरेका थिए । बैठक समापनपछि गुराँस गाउँ समिति इन्चार्ज विश्वले आफ्नो बारीमा गरेको काउली उत्पादनको निरीक्षण र पार्टी समर्थक एकजना अपांग जनतासँग भेटघाट जिल्ला सेक्रेटरी दिपेन्द्र लगायत स्थानीय नेताहरूले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :