नेकपाले प्यारालाईसिसका एक बिरामीको उपचार गर्ने

नेकपाले प्यारालाईसिसका एक बिरामीको उपचार गर्ने

कालिकोटः नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा `प्रकाण्ड` ले जनयुद्धमा योगदान गरेका र प्यारालाइसिस रोगले थलिएका एक जना स्थानीयको उपचार पार्टीले गर्ने बताएका छन् ।
माल्कोटको विथोलडाँडा घटनामा सहभागी ५५ वर्षिय जंगे विकको दाँया भागमा प्यारालाईसिस भएको छ । बिरामी विकलाई घरमै पुगेर भेट्दै प्रवक्ता प्रकाण्डले उपचारमा चिन्ता नलिन आग्रह गरेका हुन् । विकको एक महिना अघि देखि शरीरको दायाँभाग चलेको छैन ।
उनलाई स्थानीय स्वास्थ्यकर्मीहरुले प्यारालाईसिस भएको र उपचारमा नेपालगंज काठमाडौ जानु पर्ने बताएका थिए ।

बिरामी विक आर्थिक अभाव हुदा उपचार गर्न नसकेर घरमै बस्दै आएका छन् । नेकपाका नेता प्रकाण्डले उहाँलाई उपचार खर्चको चिन्ता नलिन र तिहार लगत्तै पार्टीले पठाएको ठाउँमा उपचार गर्न जान सल्लाह दिएका छन् ।

बिरामी विकले प्रवक्ता प्रकाण्डलाई त्यसो भनेकोमा विशेष धन्यवाद दिर्दै पार्टीले आफ्नो उपचारकोबारे सोचेकोमा हर्षित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :