अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को प्रथम पूर्ण बैठक महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टीका केन्द्रिय सदस्य तथा महोत्तरी धनुषा इन्चार्ज देव नारायण शाह र अतिथिमा संगठनका केन्द्रिय महासचिव मिलन राईको सहभागिता थियो भने प्रदेश नं. २ का इन्चार्ज प्रभात भट्टराईको अध्यक्षतामा प्रदेशभरका जिल्ला इन्चार्ज तथा अध्यक्ष, संयोजकको उपस्थितिमा दूरगामी निर्णयहरु गरिएको छ ।
बैठकमा प्रशिक्षण मन्तव्य राख्ने क्रममा मिलनले कमजोर आत्मबलबाट क्रान्ति सम्भव देखिदैन भन्दै विद्यार्थी आन्दोलनलाई उच्च अग्रगामी सोचको विकास गर्नुपर्ने बताए ।

यसैगरी प्रशिक्षण मन्तव्यकै क्रममा देवनारायणले माओले आफ्नो समयमा विद्यार्थी आन्दोलनलाई चर्काउनु भएका प्रसंग राख्दै विद्यार्थी पूर्णकालिन रहेर पार्टी, क्रान्तिप्रति सच्चा दिलले लागे पार्टीबाट हुने हरेक सहयोग गर्ने प्रतिबद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :