वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता सङ्गठिन गर : प्रकाण्ड

वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता सङ्गठिन गर : प्रकाण्ड

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता सङ्गठिन गर्न कर्णालीका कार्यकर्तालाई निर्देशन दिएका छन् । कर्णालीका पाँच जिल्लाको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रवक्रा प्रकाण्डले उक्त निर्देशन दिएका हुन् ।

प्रवक्ता प्रकाण्डले नेपाली जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद भन्दा अब अर्को विकल्प नभएको बताए । शनिबार समापन भएको प्रशिक्षण कार्यक्रममा नेता प्रकाण्डले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको भन्दै त्यसको ठाउँमा समाजवाद अनिवार्य भएको बताए । उनले पछिल्लो न्यायपालिकाको विवाद पनि व्यवस्था असफलताको परिणाम भएको टिप्पणी गरे ।

प्रशिक्षण कार्यक्रममा डोल्पाबाहेक हुम्ला, जुम्ला, मुगु, कालीकोट र दैलेख जिल्लाका करिव दुइसय जना जिल्ला स्तरिय नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

शनिबारै कालीकोटबाहेक हुम्ला, जुम्ला, मुगु र दैलेख जिल्लाको जिल्ला समितिको बैठक पनि सम्पन्न भएको छ । बैठकमा प्रवक्ताले सम्बोधन गर्दै पार्टी योजनामा इमान्दार भएर खटिन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :