नेकपा सिन्धुपाल्चोकको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा सिन्धुपाल्चोकको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार चौतारामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ प्रशिक्षण दिएका थिए । पार्टीको पूर्ण बैठकका निर्णयहरु सम्प्रेषण गर्दै पार्टीको कार्यनीति जनमत संग्रह, वैज्ञानिक समाजवादमा कसरी जनताको समस्याको हल गर्न सकिन्छ भन्ने सविस्तार प्रशिक्षित गरेका थिए । जनताले आफ्नो राज्यसत्ता प्राप्त गर्न एकचोटी सडकमै आउनुपर्ने र जनमत संग्रहको माग उठाउनुपर्ने बेला आएको बताए । देशलाई बदल्ने र जनतालाई सबै समस्याबाट मुक्त गर्ने आफ्नो पार्टीको विश्वदृष्टिकोण छ भन्दै त्यो प्राप्त गर्न सबै जनताको ताकत आवश्यक रहेको बताए । जनताहरुको घरघरमा जान नेताकार्यकर्ताहरुलाई निर्देशन दिदै नेता कञ्चनले सबैले सुरक्षित बसोबास गर्न पाउने, काम गर्न पाउने र उत्पादन गर्न सक्ने श्रम र बुद्धि लगाउन पाउने वैज्ञानिक समाजवादी व्यवस्था स्थापनामा सबै लाग्नुपर्ने बताए ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक दोलखा इन्चार्ज पूर्ण बहादुर सिंह प्रवीणले प्रशिक्षण मन्तव्य राख्दै निरन्तर क्रान्तिको बाटोमा लाग्न पार्टीको कार्ययोजनालाई जनतामाझ सही ढंगले सम्प्रेषण गर्न नेताकार्यकर्तालाई आग्रह गरेका थिए ।
क्रान्तिलाई विजयमा पुर्याउने युगीन कार्यभार रहेको भन्दै उनले त्यसलाई क्रान्तिको आवश्यकता बोध गर्न पनि सबै नेताकार्यकर्तालाई निर्देशन दिएका थिए ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमको सभापति तथा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका सेक्रेटरी युगीनले प्रशिक्षण लिएका कुरा जनतालाई बुझाउन सके मात्र पार्टीले लिएका उदेश्य पूरा हुने प्रष्ट पारे । पार्टीका विशेष कमिटी सदस्य किरण घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मुकुन्द श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :