नेकपाद्वारा कालीकोटमा संयुक्त प्रशिक्षण कार्यक्रम सुरु

नेकपाद्वारा कालीकोटमा संयुक्त प्रशिक्षण कार्यक्रम सुरु

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा कालीकोटमा संयुक्त प्रशिक्षण कार्यक्रम शुरु भएको छ । कर्णालीका पाँच जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रम कालीकोटको माल्कोटमा बिहीबारबाट शुरु भएको हो ।

दुई दिनसम्म चल्ले प्रशिक्षण कार्यक्रमको पहिलो दिन आज विभिन्न एरिया र जनवर्गीय सङ्गठनका प्रमुखहरूले रिपोटिङ्ग गरिरहेका छन् । प्रशिक्षण कार्यक्रम बिहान ११ बजेबाट शुरु भएको थियो । प्रशिक्षणमा पार्टीको अवस्था, सङ्गठनको गतिविधि र पार्टीलाई दिनुपर्ने सुझावसहित २१ जनाले रिपोटिङ्ग पेश गर्ने कार्यसूचि रहेको नेकपा कालीकोटका जिल्ला सेक्रेटरी रणदिपले बताए ।

प्रशिक्षण कार्यक्रममा डोल्पा बाहेक हुम्ला, जुम्ला, मुगु, कालीकोट र दैलेख जिल्लाका करिब दुई सयजना जिल्ला स्तरिय नेता कार्यकर्ताहरूको सहभागिता रहेको बताइएको छ । रिपोटिङ्ग सकिए लगत्तै शुक्रबारबाट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पार्टीको कार्यदिशा, पार्टीको नीति तथा कार्यक्रमका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिनु हुनेछ ।

नेकपाले प्रशिक्षण सकिएपछि पाँचै जिल्लाको जिल्ला समितिको बैठक पनि माल्कोटमै बसाल्ने तयारी गरेको जनाएको छ । पाँच वटा जिल्लाहरूको बैठकबाट वैज्ञानिक समाजवादमा पुग्न जनमतसङ्ग्रहको लागि जनजागरण चलाउने योजना बनाउने बुझिएको छ । साथै बैठकले मङ्सिर ८ को काठमाडौँमा हुने पार्टी पुनर्गठन दिवसको कार्यक्रमको पनि भव्य तयारी गर्ने योजना बनाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :