राकम कर्णाली बजारमा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

राकम कर्णाली बजारमा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले यहि असोज २८ गते निधन हुनु भएका पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बुधबार आठबिस नगरपालिकाको राकम कर्णाली बजारमा सम्पन्न भएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा जिल्ला सेक्रेटरी दिपेन्द्रले दिबङ्गत वीरजङ्गको फोटोमा माला र अबिर लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले श्रद्धाञ्जली मन्तव्यमा वीरजङ्गको निधनले पार्टीलाई अपुरणीय क्षति भएको कुरा बताए । पार्टीका नेता वीरजङ्गको निधनले सिङ्गो पार्टी शोकमा डुबेको कुरा उल्लेख गर्दै शोकलाई शक्तिमा बदल्न र उहाँको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उहाँप्रति श्रद्धाञ्जली र सम्पूर्ण परिवारमा समवेदना प्रकट गरे ।

कुशलको सञ्चालनमा उक्त कार्यक्रमको अध्यक्षता जिल्ला कमिटी सदस्य क्रान्तिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :