चितवका गैंडा भारतमा

काठमाडौं / भदौ ३ : गत बिहिबारदेखि आएको भिषण वर्षपछि जनधनको मात्र होइन वन्यजन्तुको पनि ठूलो नोक्सानी भएको छ । बाढिका कारण विश्वमा नेपालमा मात्र पाइने लोपोन्मुख एकसिंगे गैंडा पनि क्षतिमा परेको छ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मरेको छ । १ वटा गैंडा बाढिले बगाएर विहारको बक्राहा पुगेको छ भने दुईवटा गैंडा बाल्मिकी नगर पुगेका छन् । बाल्मिकी क्षेत्रको जंगल भारतको बाघ संरक्षण आरक्ष अन्तर्गत पर्दछ । ती सबै गैंडालाई पूर्व बासस्थानमा फर्काउने प्रयास भैरहेको निकुञ्जले जनाएको छ ।

 उता विश्वको लोपोन्मुख कृष्णसार क्षेत्रमा पनि ठूलो क्षति भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतका ३० वटा कृष्णसारलाई बाढीले बगाएर भारत पु¥याएको छ । कृष्णसार लोपोन्मुख हरिण प्रजाती हो जुन नेपालको बर्दिया निकुञ्जमा मात्र पाइन्छ ।

 

२०७४ भदौ ३ गते ११ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :