बिमस्टेक बैठक र भारत

काठमाडौं / भदौ ३ : गएको शुक्रबार बिमस्टेकको १५ औं विदेशमन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । यसको स्थापना आज भन्दा २० वर्ष अगाडि सन् १९९७ मा भएको थियो । विश्व शक्तिमा सामुहिक उपस्थिति देखाउन मूलतः क्षेत्रीय शक्तिहरुको स्वार्थमा यस्ता संगठनहरु जन्मिन्छन् । क्षेत्रीय शक्तिहरुको स्वार्थ अनुकूल नहुनासाथ मुर्झाउन थाल्छन् ।  बिमस्टेक  दक्षिण एशिया–दक्षिणपूर्वी एशियाली देशहरुको संगठन हो । भारत क्षेत्रीय राजनीतिमा पाकिस्तानलाई अलग्याउन चाहन्छ त्यसैले पाकिस्तानबाहेकको क्षेत्रीय संगठन निर्माणार्थ भारतकै पहलकदमीमा बिमस्टेक अवधारणा आएको हो । पाकिस्तानको उपस्थिति रहेको सार्कलाई भारत अगाडि बढाउन चाहन्न । २०६२ सालमा राजा ज्ञानेन्द्रले चीनलाई पर्यवेक्षकका रुपमा प्रस्ताव गर्नासाथ पाकिस्तानले समर्थन जनायो । त्यसलाई चुनौति दिन भारतले अफगानिस्तानलाई सार्कमा भित्र्¥यायो । चीन र पाकिस्तान रहेको सार्कमा ‘फुच्चे साझेदार’ बनेर भारत बस्न चाहेको छैन । “क्षेत्रीय संगठनहरुमा भारत सँधै आफ्नो हात मथि राख्न चाहन्छ । सार्कमा त्यो सहज नभएपछि उसले अर्को संगठनबाट नियन्त्रित वा सन्तुलन गर्न विमस्टेकलाई अघि बढाउन खोेजेको लुकेको छैन” प्राध्यापक ध्रुबकुमार भन्छन् । भारतको प्रभुत्वमा रहेको विमस्टेकको काठमाडौं बैठक चीन–भारत डोक्लाम तनाबमा भारतको पक्षमा जनमत निर्माण गर्ने रणनीतिसहित भारतको स्वार्थ अनुरुप बसेको हो ।

Bay of Bengal Intiative for Multi-Sectral Technical and Economic Co-operation (BIMSTEC) मा संलग्न राष्ट्रहरु : भारत, श्रीलंका, बंगलादेश, म्यानमार, भुटान, नेपाल र थाइल्याण्ड

२०७४ भदौ ३ गते ११ : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :