एमसीसीको कार्यालय तत्काल बन्द गर्न नेकपाकाे चेतावनी

एमसीसीको कार्यालय तत्काल बन्द गर्न नेकपाकाे चेतावनी

काठमाडौँ लगायत विभिन्न जिल्लामा खोलिएको एमसीसीको कार्यालय तत्काल बन्द गर्न नेपाल कम्युनिष्ट पार्टीले चेतावनी दिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी काठमाडौँले मंगलबार काठमाडौँका कार्यालय प्रमुखलाई पत्र पठाउदै राष्ट्रघाती सम्झौता एमसीसी जबरजस्त लाद्ने कुचेष्टा नगर्न चेतावनी दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी काठमाडौँका जिल्ला सेक्रेटरी तुलसीनारायण महर्जनद्वारा हस्ताक्षरित पत्र काठमाडौँ कार्यालय प्रमुखलाई पठाउदै उक्त कार्यालयलाई यहाँबाट तुरुन्त हटाई देशको स्वाभिमान र सार्वभौमिकताको संघर्षमा सहयोग गर्न आग्रह गरिएको छ । पत्रमा भनिएको छ, ‘अन्यथा नेपाली जनताप्रति तपाईहरु जवाफदेही बन्न पर्ने स्पष्ट गर्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :