नेकपाको शान्तिपूर्ण सभामा प्रहरी हस्तक्षेप / सन्देश पौडेलसहित ६ गिरफतार


काठमाडौं / भदौं २ : शान्तिपूर्ण राजनैतिक कार्यक्रमदेखि अत्तालिएको माके काग्रेस गठबन्दन सरकारको गृह मन्त्रालयले नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । माकेका सन्की नेता मातृका यादवको ठाडो निद्रेशनमा नेकपाका केन्द्रीय सदस्य एवं जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, वैकल्पिक केन्द्रीय सदस्य देवनारायनण शाह, जनकपुर ब्युरो कार्यालय सचिव राजु कार्की, प्रेमप्रकाश ओली, लक्ष्मण पौडेल र आइडिएललाई सशस्त्र प्रहरीले गिरफ्तार गरेको हो । आज अर्थात शुक्रबार विहान धनुषाको बर्मझियामा नेकपाले आयोजना गरेको सहिद रामवृक्ष स्मृति सभामा माओवादी केन्द्रका केही अराजक कार्यकर्ताहरुले गुन्डागर्दी शैलीमा एक्कासी आएर हमला गरेका थिए ।

sandesh raju dev

स्थिति तनावपूर्ण हुने भएपछि नेकपाले बर्मझीया भन्दा १ किलो मिटर टाढाको दुरीमा कार्यक्रम सारेको थियो । तर नेकपाको राजनैतिक प्रभावदेखी अत्तालीएका माकेका मातृका यादवसहितका केही गुण्डा र कार्यकर्ताहरुले सत्ताको आडमा बल प्रयोग गरी अराजक शैलीमा नेकपाका नेता–कार्यकर्ताहरुलाई पक्राउ गराएका छन् ।

प्रहरीले दुवै पक्षले मिलेर कार्यक्रम गर्नुहोस भनेर मध्यस्तकर्ताको भूमिका निभाउन खोजेको भएपनि राज्य प्रशासनलाई दुरुपयोग गर्दै मात्रृका यादवको ठाडो निर्देशनमा नेकपाका नेता कार्यकर्तामाथि आक्रमण, धरपकट र गिरफतार गरिएको हो । गिरफ्तार गरिएका नेकपाका नेता–कार्यकर्ताहरुलाई धनुषाको इलाका प्रहरी कार्यालय सवैला हिरासतमा राखिएको खबर छ । नेकपाले शान्तिपूर्ण शहिद स्मृति सभा गर्न लागिरहेको बेला माकेद्वारा यसरी आक्रमण गरिनुले पञ्चायती ब्यवस्थालाईसमेत उछिनेर निरङकुश राणा शासनको झल्को दिएको छ ।

साथै नेकपाका, प्रवक्ता, प्रकाण्डको प्रेस विज्ञप्ति आउदैछ प्रतिक्षा गर्नुहोस् 

२०७४ भदौं २ गते ३ : ३० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :