गिरफ्तारी विरुद्ध नेकपाकाे कडा चेतावनी

काठमाडौं / भदौ २ : नेपाल कम्युनिस्ट पार्टीका  प्रवक्ता, प्रकाण्डले “मर्ने बेलामा कमिलाको प्वाँख उम्रिन्छ” भने झैं दलाल सरकार र माओवादी केन्द्रलाई प्वाँख नउमार्न कडा चेतावनी दिनु भएको छ । शुक्रबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । प्रवक्ता प्रकाण्डले गिरफ्तारी परेका आफ्ना पार्टीका नेता–कार्यकर्ताहरुलाई सरकारले निशर्त रिहा नगरे र आक्रमणकारी तत्व तथा गुण्डागर्दी गर्ने जल्लादहरुमाथि कारबाही नगरे पार्टी सशक्त आन्दोलनमा उत्रिने र त्यसकबाट आउँने परिमाण के हुन्छ सरकार र माओवादी केन्द्रले अनि थाहा पाउने बताउनु भएको छ । साथैे निकम्मा र पराजीत भैसकेको दलाल सरकार र माओवादी केन्द्रले नेपाली जनता, राष्ट्र, कम्युनिस्ट क्रान्तिकारी र नेपाली क्रान्तिसँग जोरी खोज्नु भनेको दुस्साहसपूर्ण मृत्यु बाहेक अरु हुने छैन उहाँले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । पूर्णपाठ
 १) हिजो चावहिलमा विद्यार्थी संगठनको कार्यक्रमबाट हाम्रो पार्टीका –काकेन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इञ्चार्ज क.माईला लामालाई देउवा–प्रचण्ड गठबन्धन सरकारको गृह प्रशासनले अनाहक अपराधिक शैलीमा कब्जामा लिई सोह्रखुट्टे प्रहरी कार्यालयमा बन्दी बनाएको छ । सरकार र गृह प्रशासनको हाम्रो पार्टीका विरुद्धको जंगली शैलीको हमला निरंकुशताको पराकाष्ठ र आग्रही पूर्वाग्रही मानसिकताको उपज भएको कुरा पुष्टि हुन आउछ । २) मधेशका क्रान्तिकारी नेता क.रामवृक्ष यादवको स्मृतिसभा हाम्रो पार्टीले आज वर्मजियामा आयोजना ग¥यो । कार्यक्रम आयोजना स्थलमा आज विहान मञ्चको तयारी गरी राखेको बेला माओवादी केन्द्रका महादेव यादवको नेतृत्वमा आएको समुहले तोडफोड र अवरोध ग¥यो । स्मरण होस् हाम्रो पार्टीका नेता क.सन्देश र माओवादी केन्द्रका विश्वनाथ शाहाबीच भाद्र २ गते २ बजेको समयसम्म हाम्रो पार्टीले र २ बजे भन्दा पछि माओवादी केन्द्रले वर्मजियामा कार्यक्रम गर्ने अग्रिम सहमति भएको थियो । विवाद पछि वर्मजियामा दुवै पार्टीले कार्यक्रम नगर्ने अन्य स्थानमा गर्ने सहमति भयो । हाम्रो पार्टीका कमरेडहरुले वर्मजिया भन्दा पूर्व १ किलोमिटर दुरीको नहर भन्ने ठाउँमा कार्यक्रमको तयारी गर्न थाल्नु भयो । माओवादी केन्द्रका मातृका यादव र महादेव यादवको नेतृत्वमा आएको लठेत जत्थाले कार्यक्रम तयारी स्थलमा हाम्रा कमरेडहरुमाथि आक्रमण ग¥यो । मातृका यादव आफैले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्यूरो इञ्चार्ज क.सन्देशमाथि आक्रमण गरे । माओवादी केन्द्रको गिरोहको आक्रमणमा परि क.सन्देश पौडेल, क.धमील लगायतका दर्जन भन्दा बढी कमरेडहरु घाईते हुनु भएको छ । त्यसपछि उल्टै जनार्दन प्रहरी प्रशासनले क.सन्देश, केन्द्रीय सदस्य क.देवनारायण शाहा, ब्यूरो सदस्यहरु क.धमिल, क.राजु कार्की, क.लक्ष्मण पौडेल र पार्टी कार्यकर्ता क.आईडियललाई गिरफ्तार गरी तावेला ईलाका प्रहरी कार्यालयमा बन्दी बनाएको छ । ३) चाबहिलबाट क.माईला लामा र वर्मजियाबाट क.सन्देश, क.देवनारायण शाहा लगायतका कमरेडहरुको गिरफ्तारी देउवा सरकारको जनार्दन गृह प्रशासनको आततायी र फाँसिष्ट चरित्रको पराकाष्ठ हो ।  उक्त गिरफ्तारी र हाम्रो पार्टी कार्यक्रममाथिको आक्रमणको पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । गिरफ्तार कमरेडहरुको शिघ्र रिहाको जोडदार माग गर्दछ । ४) विना कुनै कसुर कार्यक्रम स्थलबाट गिरफ्तार गर्ने र रामवृक्ष यादव स्मृति सभामाथि आक्रमण गर्ने सरकार र माओवादी केन्द्रको यो रवैया १० वर्षको जनयुद्धका मुल्य मान्यता, क्रान्तिकारी कम्युनिस्ट शक्ति, सच्चा गणतन्त्रवादी, राष्ट्रवादी शक्ति र नेपाली क्रान्तिका विरुद्ध साम्राज्यवादी डिजाईनमा दलाल सरकार र माओवादी केन्द्रको हमला हो । पार्टी यसलाई पुरै खारेज गर्दछ । “मर्ने बेलामा कमिलाको प्वाँख उम्रिन्छ” भने झै दलाल सरकार र माओवादी केन्द्रलाई हाम्रो पार्टी प्वाँख नउमार्न कडा चेतावनी पनि दिन्छ । ५) क.माईला लामा र धनुषाको वर्मजियामा गिरफ्तार गरिनु भएका क.सन्देश, क.देव नारायण लगायतका कमरेडहरुलाई सरकारले निशर्त रिहा नगरे र आक्रमणकारी तत्व तथा गुण्डागर्दी गर्ने जल्लादहरुमाथि कारबाही नगरे पार्टी सशक्त आन्दोलनमा उत्रिने छ । त्यसको परिमाण के हुन्छ सरकार र माओवादी केन्द्रले अनि थाहा पाउने छ । निकम्मा र पराजीत भैसकेको दलाल सरकार र माओवादी केन्द्रले नेपाली जनता, राष्ट्र, कम्युनिस्ट क्रान्तिकारी र नेपाली क्रान्तिसंग जोरी खोज्नु भनेको दुस्साहसपूर्ण मृत्यु बाहेक अरु हुने छैन मात्र आज वा भोली । 

 

२०७४ भदौ २ गते ४ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :