३ बुँदे सहमति कार्यान्वयनकाे माग गर्दै बर्दिया, बाग्लुङ, धनुषामा विरोध प्रदर्शन

३ बुँदे सहमति कार्यान्वयनकाे माग गर्दै बर्दिया, बाग्लुङ, धनुषामा विरोध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टीले ३ बुँदे सहमति कार्यान्वयनका लागि दबाब स्वरुप बुधबार देशभर विरोध प्रदर्शन गरेको छ । नेकपाको केन्द्रीय घोषित संघर्षको कार्यक्रम अनुसार बर्दिया, बाग्लुङ, धनुषामा पनि विरोध प्रदर्शन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी बर्दियाको आयोजनामा ३ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिने उदेश्यले गरिएको विरोध प्रदर्शन कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले सम्बोधन गरेका थिए ।

यसैगरी नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाल सरकार र पार्टी बिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर भन्ने मूल नाराका साथ नेकपा बाग्लुङले विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार आयोजित उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बाग्लुङ जिल्ला कार्यलय सचिव क्रान्ति, पार्टीका जिल्ला सदस्य महेन्द्र विक लक्ष्मण, दिल्ली रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख वक्ता नेपाल कम्युनिष्ट पार्टी बाग्लुङ जिल्ला सचिव क्रान्तिले सरकार र नेपाल कम्युनिष्ट पार्टी बिचको तीन बुँदे सहमतिको कार्यान्वयन गर्न, सम्पूर्ण राजबन्दीहरुको रिहाई गर्न र झुटा मुद्दा खारेज गर्न सरकार प्रतिबद्ध नरहेको भन्दै उक्त प्रतिबद्धताप्रति सरकार गम्भीर हुन आग्रह गरेका छन् । उनले उक्त सहमति देउवा सरकारले उल्लंघन गर्दै पार्टीका कार्यकर्ताहरुलाई पुनः मुद्दा लागाइ पक्राउ पुर्जी टाँस्न थालेको बताए । यदि देउवा सरकारले उक्त सहमति यसैगरी उल्लंघन गर्दै गए पार्टीले पनि बेलैमा इटको जवाफ पत्थरले दिने बताए । देशको राष्ट्रिय स्वाधीनतामाथि राष्ट्रघाती एमसीसी सम्झौता लादेर देशलाई रणभूमि बनाउन सरकार उद्यत भएको समेत बताएका हुन् । उनले यस्ता राष्ट्रघाती एमसीसी सम्झौता गरेर देशमा भएका बहुमुल्य खनिज पदार्थहरु बेच्ने र उस्तै पर्‍यो भने देश नै अमेरिकी साम्राज्यवादीको हातमा बुझाउने सपना नदेख्न र नेपाल कम्युनिष्ट पार्टी बिच भएको तीन बुँदे सहमति अक्षरस पालना गर्न समेत चेतावनी दिएका हुन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी धनुषा जिल्लाको आयोजनामा तीन बुँदे सहमति कार्यान्वयन गर, राजबन्दी रिहा गर, झुठ्ठा मुद्धा खारेज गर भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गरिएको छ । र्यालीसहित भएको विरोध प्रदर्शन जुलुसले जनकपुर उपमहानगरपालिकाको बजार परिक्रमा गरि जनक चोकमा विरोध सभा भएको थियो । पार्टीका धनुषा जिल्ला सेक्रेटरी सन्तोषको अध्यक्षता विरेन्द्र लालको संचालन र मन्दिरा लामाको स्वागत मन्तव्यमा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा धनुषा महोत्तरी इन्चार्ज देवनारायणले सम्बोधन गर्दै तीन बुँदे सहमति अक्षरस पालना गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :