तीन बुँदे सहमति कार्यन्वयनका लागि दबाबस्वरुप सिन्धुपाल्चोकमा विरोध प्रदर्शन

तीन बुँदे सहमति कार्यन्वयनका लागि दबाबस्वरुप सिन्धुपाल्चोकमा विरोध प्रदर्शन

तीन बुँदे सहमति कार्यन्वनका लागि दबाव स्वरुप आज सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको आयोजनामा भएको विरोध प्रदर्शन कार्यक्रममा तीन बुँदे सहमति कार्यन्वयन गर, सम्पूर्ण राजबन्दी रिहा गर, झुटा मुद्दा खारेज गर, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दवाद जस्ता नारा लगाइएको थियो ।

कार्यक्रममा प्रमुख वक्ता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी युगीनले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच भएको तीन बुँदे तत्काल कार्यन्वयन गर्न देउवा सरकारलाई आग्रह गरे । अहिले पनि तीन बुँदे सहमति विपरित नेकपाका नेता कार्यकतामाथि झुठ्ठा मुद्या लगाउने, पक्राउ पुर्जी टास्ने जस्ता हकर्त गरिरहेको भन्दै यसलाई तत्काल बन्द गरि सहमतिको पालना गर्न पनि आग्रह गरे । एमसीसी राष्ट्रिय हितमा नभएकोले तुरुन्त यसलाई खारेज गर्नुपर्ने बताए । यदि तीन बुँदे सहमति कार्यन्वयन नगरे कडा संघर्ष गर्ने चेतावनी दिए । नेपाल कम्युनिस्ट पार्टीले जनतालाई गोलबन्ध गर्दै यो दलाल संसदीय व्यवस्थाको विरुद्ध संघर्ष गरेर वैज्ञानिक समाजवाद ल्याउने चाहेको बताए । कार्यक्रमको सन्चालन जिल्ला विशेष कमिटी सदस्य मुकुन्द श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :