रामवृक्ष यादव स्मृति सभामा माकेको हस्तक्षेप

काठमाडौं / भदौ २ : नेपाल कम्युनिस्ट पार्टीले धनुुषाको बर्मझियामा आज गर्न लागेको सहिद रामवृक्ष यादवको स्मृति सभामा माओवादी केन्द्रका कार्यकर्ताले हस्तक्षेप गरेका छन् । सभाको लागि नेकपाले तयार पार्दै गरेको मञ्च माओवादी केन्द्रका महादेवलगायत कार्यकर्ताहरु एक्कासी प्रवेश गरि भत्काइ दिएका छन् । साथै उनीहरुले रौतहटको गौर घटना दोहोरिन सक्ने भन्दै नेकपालाई कार्यक्रम नगर भनेका छन् । तर नेकपाले भने सहिद सबैका साझा भएकोले आफूले सहिदलाई सम्झन पाउनुपर्ने र सभा गरेरै छाड्ने बताएको छ । नेकपाका जनकपुर ब्युरो कार्यालय सचिव राजु कार्कीले आफूहरु सालिन र सान्दार तरिकाले कार्यक्रम गर्ने जानकारी दिनुभयो । माके कार्यकर्ताको उपद्रोबाट आफनो कार्यक्रम नरोकीने पनि कार्कीको भनाई छ । माओवादी केन्द्रका कार्यकर्ताले तनावपूर्ण वातावरण सिर्जना गरेपछि आपसी झडप हुन सक्ने भन्दै प्रहरीले दुवै पक्षलाई मिलेर कार्यक्रम गर्न भनेकोछ ।

२०७४ भदौ २ गते ११ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :