आज रामवृक्ष यादवको स्मृति सभा हुने

काठमाडौं / भदौ २ :  तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य सहिद रामवृक्ष यादवको २३औं स्मृति सभा धनुषाको बर्मझियामा हुँदै छ । आज अपरान्ह १२ बजे हुने कार्यक्रममा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेकपाका केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’ र जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलको उपस्थिति रहनेछ । नेकपाले हरेक वर्ष उहाँको स्मृति सभा मनाउँदै आएको छ । २०५१ भदौ १ गते नेपालबन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते बीरेन्द्र बजारबाट घर फर्कदै गर्दा सादापोशाकमा रहेका प्रहरी र कांग्रेसका कार्यकर्ताहरुले घरेलु हतियार प्रयोग गरी विभत्स तरिकाले यादवको हत्या गरेका थिए । यसैविच सहिद रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा नेकपा जनकपुर ब्युरोले सहिद परिवारलाई सम्मान तथा अभिनन्दन गर्दैछ ।

२०७४ भदौ २ गते ८ ः १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :