गिरफ्तार नेतालाई रिहा नगरे कडा संघर्ष गर्ने : सुदर्शन

काठमाडौं / भदौ २ :  नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश अाेली ‘सुदर्शन’ले गिरफ्तार गरिएका आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष ब्युरो इन्चार्ज माइला लामालाई विना सर्त रिहा नगरे कडा संघर्ष गर्ने बताउनु भएको छ । बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले यस्तो बताउनु भएको हो । इन्चार्ज सुदर्शनले आफ्नो पार्टीको केन्द्रीय कार्यक्रमअनुसार देशव्यापी राजनीतिक, वैचारिक प्रशिक्षण चलिरहेको बेला इन्चार्ज लामालाई गिरफ्तार गरि कांगे्रेस–माके गृहप्रशासनले पञ्चायती निरंकुशतालाईसमेत उछिनेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । साथै उहाँले आफ्ना राजनीतिक कार्यक्रममा हस्तक्षेप गर्नुलाई राज्यको फासिस्ट चरित्रको संज्ञा दिनु भएको छ । विज्ञप्तिसहित

२०७४ भदौ २ गते ६ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :