मगर मुक्ति मोर्चा नेपाल प्यूठानको अध्यक्षमा नर बहादुर थापा निर्वाचित

मगर मुक्ति मोर्चा नेपाल प्यूठानको अध्यक्षमा नर बहादुर थापा निर्वाचित

प्युठानः नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा नेपाल, प्युठानको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नर बहादुर थापा मगरको अध्यक्षतामा २ जना पछि थप्ने गरी १५ सदस्यीय मगर मुक्ति मोर्चा नेपाल जिल्ला कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हो । जसको उपाध्यक्षमा उमाराम घर्ती मगर र पिङ्कि बुढा मगर, सचिव बोम बहादुर पुन मगर, सहसचिव किरण पुन मगर र कोषाध्यक्ष होम बहादुर पुन मगर लगायत रहेका छन् ।

कार्यक्रममा मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय महासचिव इन्द्र बहादुर घर्ती मगरले देशमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरेसम्म जातिय मुक्ति सम्भव नरहेकोले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि सम्पूर्ण मगर समुदाय एकजुट हुन आग्रह गरे । उनले भने,-`नेपालमा विभिन्न परिवर्तनको आन्दोलनमा मगरहरुको अग्रणी भूमिका रहे पनि राज्यको निर्णय गर्ने स्थानमा मगर समुदायको प्रतिनिधित्व नरहनु दुखद पक्ष हो ।`

त्यस्तै कार्यक्रममा ने.क.पा. प्युठानका सेक्रेटरी अजय, जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र रावत क्षेत्री, जनजाति आन्दोनका नेता भोज विक्रम बुढा मगर, हरि बिएम लगायतले नवनिर्वाचित कार्य समितिलाई बधाई तथा सम्मेलनको पूर्ण सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नर बहादुर थापा मगरको अध्यक्षता र बोम बहादुर पुन मगरको स्वागत मन्तव्यसँगै उमाराम घर्तिको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :