गगनमाथि आक्रमण

काठमाडौं / भदौ १ : नेपाल कम्युनिस्ट पार्टीको ४ महिना अघि नुवाकोटमा सम्पन्न आठौं केन्द्रीय समितिको तेस्रो बैठकले चुनाव परस्त, भ्रष्टाचार र शंकास्पद गतिविधीका कारण उनलाई भेरी ब्युरोबाट हटाएको थियो । भने साउन ९–१३ को चौथो केन्द्रीय समिति बैठकले केन्द्रीय समितिबाट हटाएर पार्टी सदस्यमा झारेको गगन खड्का ‘जीवन’ लाई अज्ञात समूहले आक्रमण गरेको छ । खड्कालाई बुधबार साँझ सोह्रखुट्टेस्थित काठडमाडौं गार्डेन हाउसमै अज्ञात समूहले आक्रमण गरेको हो । आक्राणबाट खड्काको टाउकोमा गम्भीर चोट लागेको छ भने हातमा सामान्य चोट लागेको छ । उनको उपचार मनमोहन अस्पतालमा भइरहेको बताइएको छ ।

२०७४ भदौं १ गते ४ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :