जनपत्रकार संगठन नेपाल बागलुङको प्रथम भेला सम्पन्न, अध्यक्षमा विष्णु विक

जनपत्रकार संगठन नेपाल बागलुङको प्रथम भेला सम्पन्न, अध्यक्षमा विष्णु विक

बागलुङ: जनपत्रकार संगठन नेपाल बागलुङ जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको छ । विष्णु विश्वकर्माको नेतृत्वमा ७ सदस्यीय जिल्ला समिति चयन गर्दै प्रथम जिल्ला भेला जिल्ला सदरमुकाम बागलुङमा सम्पन्न भएको हो ।

भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज ध्रुव घिमिरे ुविप्लवु ले सम्बोधन गर्दै जनपत्रकार संगठनको बारे स्पष्ट पार्दै सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता जोड दिने बताए । आम श्रमजीवी, उत्पीडित, निमुखा सर्वहारा वर्गको पक्षधरतामा उभिएर समाजका विकृति विसंगतिको विरुद्धका दृढ प्रतिबद्धताका साथ नयाँ राज्यव्यवस्था स्थापनाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु नै जनपत्रकारहरुको मूल धर्म रहेको उनको भनाई थियो । आगामी दिनहरुमा देशकै सच्चा क्रान्तिकारी जनपत्रकार उत्पादन गर्ने र समाज परिवर्तन गर्ने मुख्य भूमिकामा रहने विषयवस्तुलाई जोड दिए ।

कार्यक्रमका अतिथि तथा नेकपाका बागलुङका सचिव आकाशले दलाल संसदीय व्यवस्थाको अन्त्य नगरी देशमा देखिएका समस्यालाई समाधान दिन नसक्ने बताएका छन् । त्यसैगरी विशेष कमिटीका सदस्य दलसिंह खत्रीले संगठित तरिकाले दलाल राज्य व्यवस्थाको अन्त्यका लागि र एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि पत्रकारिता क्षेत्रबाट दृढ भएर लाग्न सबै जनपत्रकारहरुलाई अपिल पनि गरेका छन् ।
विष्णु विश्वकर्माकोअध्यक्षता भएको कार्यक्रमको सञ्चालन सुधन विकले गरेका थिए । कार्यक्रममा कार्यालय सचिव क्रान्ति र सुरेन्द्र कुमार बुढा मगरले शुभकामना मन्तव्य राखेका थिए भने प्यानल प्रस्तुत कार्यक्रमका अतिथि आकाशले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :