एमसीसी तथा लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन सिन्धुपाल्चोकद्वारा विरोध प्रदर्शन

एमसीसी तथा लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन सिन्धुपाल्चोकद्वारा विरोध प्रदर्शन

मेलम्ची: राष्ट्रघाती एमसीसी तथा लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन नेपाल सिन्धुपाल्चोक जिल्ला समितिको आयोजनामा मेलम्ची बजारमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ ।

युवाहरुले विभिन्न नारासहित मेलम्ची बजार परिक्रमा गरि सोही बजारमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई प्रमुख वक्ता तथा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका जिल्ला सचिव युगीनले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सम्पूर्ण नेपाली जनता एकजुट भई जनताबाटै नै बहिष्कार गरि जनसंघर्षमा सामेल हुन आम नेपाली जनतालाई अपिल गरे । राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वाभिमानमा आँच आउने सम्झौता भएकोले सबै सचेत नेपाली बुद्धिजीवी, राष्ट्रप्रेमि, देशभक्त, प्रगतिशील शक्तिहरुलाई एकजुट भएर जनसंघर्षमा सहभागी भई यसको विरुद्ध प्रतिरोध गर्न र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने स्पष्ट पारे । अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्थाको कारण युवाहरुको भविष्य चौपटट्ट पारेर लागु पदार्थ सेवनले युवा पंक्ति ध्वस्त पारेको भन्दै उनले अब सबै परिवर्तनकारी युवाहरु एकीकृत जनक्रान्तिको झन्डामूनि गोलबद भएर यो व्यवस्था खारेज गरि जनताको वैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति संघर्ष गर्न अपिल गरे ।

कोणसभा कार्यक्रममा युवा संगठन नेपाल सिन्धुपाल्चोकका संयोजक सुमनले समसामयिक युवाहरुको विषय र लागु पदार्थबाट युवाहरु जोगिन अपिल गरेका थिए ।
यसैगरी उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक जिल्लाका विशेष समितिका सदस्य किरण घिमिरेले पनि सम्बोधन गर्दै राष्ट्रघाती एमसीसी देशको हितमा नरहेकोले खारेज गर्नुपर्ने प्रष्ट पारे । एमसीसीको विरुद्ध सम्पूर्ण देशभक्त, सच्चा कम्युनिस्ट र राष्ट्रवादीहरु एक भएर लड्न अपिल गरे ।

प्लेकार्डसहित युवाहरुले नेपाल कम्युनिस्ट पार्टीको जिन्दावाद, युवा संगठन नेपाल जिन्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर, लागु औषध तस्करीलाई कारबाही गर, लागू पदार्थ सेवनबाट सम्पूर्ण युवाहरु सचेत हौँ जस्ता नारा लगाएर बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :