वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुन सक्दैन : महासचिव विप्लव

‘वर्तमान संविधानको विकल्पमा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो’

वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुन सक्दैन : महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान संविधानसँग असहमत र अग्रगामी परिवर्तनका लागि विभिन्न उत्पीडित जनसमुदायद्वारा सञ्चालित सङ्घर्षहरूप्रति समर्थन रहेको बताएका हुन् ।

महासचिव विप्लवले नेपाली जनताको आकाङ्क्षा र वास्तविक अधिकारलाई सम्बोधन गर्न असफल नेपालको वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुुन नसक्ने भन्दै राजनैतिक प्रक्रियामा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन् ।

महासचिव विप्लवले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘नेपाली जनताको आकाङ्क्षा र वास्तविक अधिकारलाई सम्बोधन गर्न असफल नेपालको वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुन सक्दैन । केहि निश्चित नेताहरूको स्वार्थको मोलतोल र सहमतिमा जवरजस्ती थोपरीएको यो संविधान आम नेपाली जनताका लागि स्वीकार्य छैन । वर्तमान संविधानसँग असहमत र अग्रगामी परिवर्तनका लागि विभिन्न उत्पीडित जनसमुदायद्वारा सञ्चालित सङ्घर्षहरूप्रति हाम्रो समर्थन रहेको छ ।’

विप्लवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो । यहि राजनैतिक प्रक्रियामा अघि बढ्न हाम्रो पार्टी सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :