अखिल (क्रान्तिकारी) सल्यानको २० औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सल्यानको २० औँ जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) सल्यानको २० औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी सल्यानका विशेष कमिटी सदस्य लोकपल, अखिल (क्रान्तिकारी) का केन्द्रीय आयोजक समिति सदस्य तथा राप्ती ब्यूरो संयोजक दिपक विष्ट, अखिल (क्रान्तिकारी) का केन्द्रीय आयोजक समिति सदस्य मदन, पार्टीका सल्यान जिल्ला सेक्रेटरी नारायण चन्द, अखिल (क्रान्तिकारी) सल्यानका जिल्ला इन्चार्ज सल्यान टंक प्रकाश केसी, अनेमसंघ (क्रान्तिकारी)का हेमन्ता बुढाथोकी, जनपत्रकार संगठन नेपाल सल्यानक अध्यक्ष विरेन्द्र डिसी लगायतको आतिथ्यता रहेको थियो  ।

सम्मेलनले राजेन्द्र खड्काको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सेजन चन्द, सचिव दिपक खड्का, सहसचिव विष्णु बुढाथोकी, कोषाध्यक्ष प्रेम वली लगायत २९ सदस्यीय जिल्ला कमिटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :