अखिल (क्रान्तिकारी) धादिङको २४ औं जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) धादिङको २४ औं जिल्ला सम्मेलन सम्पन्न

धादिङः नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्वावियू (क्रान्तिकारी) धादिङको २४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । धादिङको नौबिसेमा भएको सम्मेलनले राजकुमार तामाङको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति चयन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी धादिङका सेक्रेटरी सुमन क्षेत्रीको प्रमुख आतिथ्यता, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का सचिव तथा जिल्ला सदस्य सागर तामाङको विशेष आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा अतिथिहरु पूर्व जिल्ला सेक्रेटरी न्युटन, जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय सदस्य उषाकिरण, जिल्ला सदस्यहरु लेख बहादुर तामाङ, माइला गुरुङ र सहिद परिवारका सदस्य राम मानन्धरको उपस्तिथि रहेको थियो ।

जिल्ला सम्मेलन भव्य रुपले सम्पन्न गर्दै अखिल (क्रान्तिकारी) धादिङले असोज ६ गतेदेखि ८ गतेसम्म पोखरामा हुन गइरहेको अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनका लागि ३ जना प्रतिनिधि र प्रवेक्षक समेत छनौट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :