राष्ट्रिय स्वाभिमान र पराधीनताको पराकाष्ठा

विद्यमान समस्याको समाधान भनेको एकीकृत जनक्रान्ति हो

जसले समाज परिवर्तन गर्छ उसको कार्य महान् हुन्छ । जो समाज परिवर्तनको विरोधी हुन्छ त्यो जनता र देशबाट नाङ्गो हुन्छ । आज परिवर्तनविरोधी शक्ति सल्बलाएर यथास्थितिमा रमाउने शक्ति धेरै छन् । उनीहरू पुरातन चिन्तन र विचारबाट ग्रसित छन् । नयाँ जोस, जाँगर र परिवर्तन गर्ने महान् सोचाइ बोक्ने शक्तिलाई रोक्न र छेक्न विभिन्न बहानामा नौटङ्की गरिरहेका छन् । वास्तविकतामा यथास्थिति र जडसूत्रमा रमाएर वर्ग आफ्नो लुटको स्वर्ग बचाइराख्न आज दिनानुदिन झूटको खेती गरिरएको छ । जनतालाई उल्लु बनाउनु आफ्नो देशको राष्ट्रियता बेच्नु राष्ट्रिय स्वाभिमान गुमाउनु विदेशीको इशारामा चल्नु पराधीनताको पराकाष्ठा हो ।

आफ्नो देशको जनता आफ्नो भूमि र आफ्नो स्वाभिमानभन्दा दलाली, चाकडी र लम्पसार पर्नु आजको दलाल संसद्वादीहरूको धर्म हो । पैसाका लागि आफ्नी आमा बेच्ने कुपुत्र हरूको बिगबिगीले आज देश आक्रान्त छ भने अर्कोथरी नेपाललाई सिक्किम बनाउने दाउमा मालिकहरूको आदेशमा देशमा साम्प्रदायिकता, विखण्डन, जातीय साम्प्रदायिकता, भौगोलिक भेदभावका आवाज उठाउँदै सधैँ अस्थिरता निम्त्याउनेहरू तल्लीन छन् । अर्कोतिर देशको विकास उन्नति, प्रगतिभन्दा बरु देश र जनता सधैँ अभाव, भोकमरी, अशिक्षा, महामारी र संकटमा परिरहोस् भन्ने भ्रष्ट शक्ति पनि छ । त्यसले अर्बौं भ्रष्टाचार गरेर कालो धन थुपारेर आफ्नो छोरा, नातिसम्मको पुस्तालाई पुगोस् तर जनता भाडमा जाओस् भन्दै राज्यको ढुकुटी सिध्याउन लामो समयदेखि लागिपरेका छन् ।

यस्ता प्रकारका विकृति विसङ्गति र अपराधलाई निरुत्साहित गर्दै न्याय, सुशासन, शान्ति विकासका लागि देशभक्त गणतान्त्रिक परिवर्तनकारी शक्तिको संयुक्त मोर्चा निर्माण गर्दै अहिलेको कथित दलाल संसदीय व्यवस्थाको अन्त्य शान्ति समृद्धि विकास राष्ट्रिय स्वाधीनता र स्वाभिमानका लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् कार्यमा लामबद्ध हुनु एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुनु हो । अहिलेको संसदीय व्यवस्था जहाँसम्म रहन्छ त्यहाँसम्म देशको विकास असम्भव छ । किनकि देशको विकास भ्रष्टाचार गरेर हुँदैन कमिसन खाएर हँुदैन, जनताको रगतपसिनामा रजाइँ गरेर हुँदैन । यस्ता गलत कामकुराहरूको जरा उखेलेर नफ्याँकेसम्म विकास शान्ति हँुदैन यस्तो काम नाराबाजी आन्दोलनमा जिन्दावाद र मुर्दावादबाट हुन्न यसका लागि क्रान्ति आवश्यक छ जो क्रान्ति सशस्त्र हुन्छ । सबै जनताको हातमा बन्दुक हुनुपर्छ । त्यो बन्दुक देशबेचुवा राष्ट्रघाती जनताका अधिकार छिन्ने जनघाती र जनताको रगतपसिनाबाट उठेको करलाई भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरूलाई कथित दलालहरूलाई निमिट्यान्न पर्नुपर्छ ।

आज देश रात दुगुना, दिन चौगुना भारतीय हस्तक्षेपको सिकार भएको छ देशका सीमा दिनानुदिन मिचिँदै छन् भने सिमानाका जनता भारतीय दादागिरीबाट पिटिएका छ्न्, लुटिएका छन्, बलात्कार भएका छन् भने केही मारिएका छन् तर नेपाली शासक भारतीय साम्राज्यवादको गुलाम बनेर धोतीहरूको पैताला चाटिरहेका छन् । उनीहरूलाई नेपालको भूमि अतिक्रमण भएकोमा चिन्ता छैन । नेपाली जनता मारिनु र पिटिनुमा चासो छैन । नेपाली आमा, दिदिबहिनीहरूको अस्मिता लुटिएकोमा घृणा छैन । नेपालीहरू दिनदाहाडै लुटिएकोमा सरोकार छैन । छ त केवल कुर्सीका लागि जसले कुर्सी दिन्छ उसैको सेवा गर्नु दलाल नेताको पराधीन सोचाइ हो । यसका लागि सम्पुर्ण जनता जागरुक हुनु राष्ट्र, राष्ट्रियता र अधिकारका लागि लडाइँ लड्नु आजको ज्वलन्त आवश्यकता हो ।

हाम्रो देशमा दलाल पुँजीवादको दादागिरीका कारण राष्ट्रिय पुँजीपतिहरू धराशायी हुँदै पलायनको बाटोमा छन् भने कोही बन्द हुँदै रुग्ण, जीर्ण भएर बसेको अवस्था हो । यो देशबाट निगम पुँजीवाद अर्थात् दलाल पँुजीवादलाई नसिध्याईकन राष्ट्रिय पुँजीपति वर्गको उन्नति हुनसक्दैन । देशलाई माया गर्ने आफ्नो सीप ज्ञानलाई प्रयोग गरी श्रम गर्ने मध्यम वर्गीय ठूलो श्रमजीवी वर्ग हो । यो वर्गको संरक्षण नगरीकन परिवर्तन हुन्छ भन्ने कल्पना पनि गर्नु हुँदैन । आज लाखौँ युवाहरू बिदेसिएका छन् । देश रेमिटेन्सबाट चलिरहेको छ । तर करिब चालीसबयालीस लाख बिदेसिएका युवकयुवतीहरूको अवस्था कस्तो छ भनी रेखदेख गर्ने सरकार छैन । धेरै मानिस मरेर नेपालमा लास आउँछ । यसबारे सरकार चिन्तित छैन ।

विद्यमान समस्याको समाधान भनेको एकीकृत जनक्रान्ति हो । एकीकृत जनक्रान्तिको कार्यदिशामा यी सबै समाधान गर्ने क्षमता र तागत छ । यसलाई सफल हुन नदिन देशीविदेशी प्रतिक्रियावादी साम्राज्यवादी शक्ति मरिहत्ते गरेर लागिपरेका छन् भने क्रान्तिकारीहरू भीमकाय काला पहाडहरू भत्काउन दिनरात एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध छन् । कुनै पनि प्रतिक्रियावादी तागतले क्रान्तिकारीलाई गलाउन सक्ने छैन । शासकहरूका जालझेल, षड्यन्त्र र गिरफ्तारीले क्रान्तिकारीहरू थाक्दैनन्, बरु इस्पात भएर दलालहरूका विरुद्ध गर्जिनेछन् । सहिदको सपना साकार पार्दै नेपाली जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापना भएर छाड्नेछ भने दलाल सत्ता खरानी पार्दै दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य हुनेछ । जनताको सुनौलो बिहानी आउनेछ क्रान्तिकारीहरूको जित सुनिश्चित छ ।

२०७४ साउन ३० गते ९ : ०२ मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :