राष्ट्रघातका विरुद्ध लड्न देशभक्तहरूको मोर्चा बनाउन आवश्यक छ : आहुति

राष्ट्रघातका विरुद्ध लड्न देशभक्तहरूको मोर्चा बनाउन आवश्यक छ : आहुति

काठमाडौँ : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुति) ले जबसम्म दलाल पुँजीवादी व्यवस्थाको अन्त्य हुँदैन र जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना हुँदैन, त्यो दिनसम्म नेपालको दलाल पुँजीवादका विरुद्धको आन्दोलन अघि बढिरहने बताएका छन् । नेकपाले एमसीसीविरुद्ध आज काठमाडौँमा आयोजना गरेको जनसभामा उनले आमजनतालाई अमेरिकी साम्राज्यवाद भनेको के हो भन्ने कुरा बुझाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘यो देशलाई विदेशीहरूको खेल मैदान बनाउन नदिन देशभक्त क्रान्तिकारी शक्तिहरूले बुझ्नु जरुरी छ । सचेत र व्यवस्थित रूपमा हामीले देशभक्तहरूको मोर्चा निर्माण गर्न आवश्यक छ । देशमाथि लाद्न खोजिएको एमसीसीका विरुद्ध देशभक्तिपूर्ण आन्दोलन अघि बढाउन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :