रामवृक्षको सम्झनामा स्मृतिसभा हुने

अम्बिका चन्द / काठमाडौं, साउन ३० :  तत्कालिन नेकपा (माओवादी) का केन्द्रीय सदस्य सहिद रामवृक्ष यादवको सम्झनामा देशैभरी स्मृतिसभा हुने भएको छ । नेकपा केन्द्रीय समितिको निर्णयअनुसार उक्त स्मृतिसभा गर्न लागिएको हो । नेकपाले प्रत्येक वर्ष भदौ २ गते यादवको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ । धनुषाको बर्मझियामा जन्मिनु भएका यादवलाई तत्कालिन देउवा सरकारको संरक्षणमा कांग्रेसी गुण्डाहरुले बर्मझियामै हत्या गरेका थिए । २०५१ भदौ १ गते नेपालबन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते बीरेन्द्र बजारबाट घर फर्कदै गर्दा सादापोशाकमा रहेका प्रहरी र कांग्रेसका कार्यकर्ताहरुले घरेलु हतियार प्रयोग गरी विभत्स तरिकाले यादवको हत्या गरेका थिए । नेपालमा जनयुद्ध शुरुवातको समयमा केन्द्रीय तहबाट भएको यो ठूलो बलिदान थियो । तराईमा माओवादीको प्रभाव विस्तार रोक्ने देशी–विदेशी षड्यन्त्रमा यादवको हत्या भएको माओवादी निष्कर्ष थियो । यसैविच सहिद रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा नेकपा जनकपुर ब्युरोले यादवको जन्मथलो बर्मझियामा स्मृतिसभा गर्ने र सहिद परिवारलाई सम्मान तथा अभिनन्दन गर्ने भएको छ ।

२०७४ साउ ३० गते ४ : ४२ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :