नेकपाद्धारा रूपन्देहीमा एमसीसीविरुद्ध प्रदर्शन

नेकपाद्धारा रूपन्देहीमा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध चरणबद्ध देशव्यापी घोषणा गरेको कार्यक्रम अन्तर्गत रूपन्देहीको शुद्धोधन गाउँपालिकाको शिसैचोकमा विरोध सभा गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी विश्वासले एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । उनले देशको सार्वभौमसत्ताविरुद्ध एमसीसी परियोजनाले हस्तक्षेप गरेको भन्दै राष्ट्रिय स्वाधीनताका लागि सङ्घर्ष गर्नुपर्ने बताए ।

नेकपाका जिल्ला नेता एवम् कञ्चन/गैडहवा गाउँपालिकाका सेक्रेटरी नवीनले एमसीसी सम्झौता र साम्राज्यवादका दलालहरुविरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए । शुद्धोधन/सियारी सेक्रटेरी तथा युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष सन्तोष सुवेदीले नेपाललाई अमेरिकी सेनाको क्रिडास्थल बनाउन दिनु नहुने भन्दै निरन्तर सङ्घर्ष आवश्यक रहेको बताए ।

कार्यक्रमको सञ्चालन शुद्धोधन तथा सियारी गाउँपालिका सेक्रेटरी तथा युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष सन्तोष सुवेदीले गरेका थिए ।

नेकपाले २३ गतेदेखि २८ गतेसम्म लगातार एमसीसीविरुद्ध सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :