एमसीसी विरूद्व झापामा कोणसभा

एमसीसी विरूद्व झापामा कोणसभा

झापाः नेपाल कम्युनिस्ट पार्टीले झापा लगायत देशभर एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । झापाको झिलझिलेमा र्‍यालि सहितको कोणसभा गर्दै नेपाल कम्युनिस्ट पार्टीले एमसिसी सम्झौता खारेजीको माग गरेको हो ।

सताक्षीधामको मुलगेटबाट शुरू भएको र्‍यालि मुख्य चोक तथा बजार हुँदै मेन रोडमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई झापा जिल्ला कार्यालय सचिव संजय राई र जिल्ला सदस्य एवम् शिवसताक्षि नगर इन्चार्ज युद्ध झापालीले सम्बोधन गरेका थिए भने भद्रपुर कचनकवल नगर इन्चार्ज अनुकुलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेता राईले आक्रमक भाषण गरेका थिए । राष्ट्रघाती एमसीसी पास गर्न तयार रहेका दलालहरूलाई जनताल सशक्त कारबाही गर्ने चेतावनी दिँदै भ्रष्ट प्रतिनिधि र एमसीसीका पक्षधरहरूलाई कारबाही गर्ने चेतावनी दिए ।

स्थानीय निकायदेखि केन्द्रीय निकायसम्म भ्रष्ट भएको भन्दै अहिले दलालहरूले विकास र समृद्धिका नाममा देश बेच्न लागिपरेको उल्लेख गरे। उनले अमेरिकाको ५५ अर्ब भन्दा जनतालाई आइपिओ भराए त्यसको ५ गुणा बढी रकम उठ्ने भन्दै एमसीसीका विरूद्व नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सबै एक भएर लड्नुपर्ने बताए ।

फरक प्रसंगमा बोल्दै नेता राईले समृद्धिका नाममा नीतिगत भ्रष्टाचार गरेको र सुकुम्बासी बस्तिमाथि दमन गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी देश र जनता माथिको कुनै पनि दमन सहेर नबस्ने र दलालहरूको जनताले घाँटी काट्ने उल्लेख गरे ।
त्यस्तै कोणसभामा बोल्दै अर्का नेता युद्ध झापालीले अब जनताले को राष्ट्रघाती र को राष्ट्रवादी चिनिसकेको उल्लेख गर्दै एमसीसीका विरूद्व ९९ प्रतिशत जनता रहेको भन्दै १ प्रतिशत दलालहरूले देश बेच्न लागिपरेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, भ्रष्ट जनप्रतिनिधिलाई कारबाही गर, एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन, बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा तथा प्लेकार्डहरू समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :