एमसीसी चीनविरुद्ध लड्न भूभाग प्रयोग गरेबापत अमेरिकाले दिने भाडा हो : पौडेल

एमसीसी चीनविरुद्ध लड्न भूभाग प्रयोग गरेबापत अमेरिकाले दिने भाडा हो : पौडेल

चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज सन्देश पौडेलले एमसीसी सहयोग परियोजना भनेको अमेरिकाले चीनविरुद्ध नेपाली भूभाग प्रयोग गरेबापत नेपाललाई दिने भाडा भएको बताएका छन् ।

एमसीसी खारेजी अभियान संयुक्त सङ्घर्ष समिति भरतपुर महानगरपालिकाको भेलामा सम्बोधन गर्दै पौडेलले अमेरिकाले आफ्नो सत्रु राष्ट्र चीनविरुद्ध लड्न नेपालको भूमि प्रयोग गर्न खोजेको र सोही भूमिको भाडा स्वरुप एमसीसी सहयोग परियोजना अगाडि सारेको बताए । उनले भने, ‘अमेरिकले यति बेला आफ्नो सत्रु राष्ट्र चीनका विरुद्ध लड्न सजह भूमि खोजिरहेको छ र उसले नेपाली भूमिबाट चीनसँग लड्न सजिलो हुने देखिरहेको छ । त्यसले जसरी कुनै डेरावालाले कसैको घरमा बसिसके पछि, स्रोतसाधनको प्रयोग गरिसके पछि घर मालिकलाई भाडा तिर्ने गर्छन् त्यसरी चीनविरुद्ध लड्न नेपाली भूमि प्रयोग गरे बापत र नेपाली प्राकृतिक श्रोत साधनको प्रयोग गरे बापत दिने रकम एमसीसी सहयोग परियोजनामार्फत अगाडि सारेको हो ।’

सन्देश पौडेलले एमसीसी सम्झौता संसदबाट नै अनुमोदन गर्नुपर्ने कुनै बाध्यकारी नभए पनि अमेरिकाले नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै संसदबाट अनुमोदन गराएर कानुन नै बनाएर जान खोजेको भन्दै यदि यसो भए एमसीसी सम्झौता नेपालको संविधान र कानुन बाँझिएमा नेपालको संविधान नै खारेज हुने खतरा रहेको बताए । उनले प्रश्नसमेत गरे अन्य सबै देशमा मन्त्रीपरिषदले पारित गरेर हुनेमा नेपालमा चाँही संसदबाटै पारित हुनुपर्ने किन ?

हामी नेपालीले तिम्रो सहयोग चाँहिदैन भन्दाभन्दै आखिर किन तिमीहरूले सहयोग लिनै पर्छ भनेर अमेरिका आइरहेको छ ? किन सहयोग लिन्न भन्दाभन्दै सहयोगको विषयमा विभिन्न तरिकाले बुझाउँने प्रयत्न गरिरहेको छ ? भन्ने मुख्य विषय रहेको बताउँदै अमेरिकाको यसप्रकारको कार्यशैलीबाट एमसीसी सम्झौताभित्र कालो रहेको बुझ्न अप्ठ्यारो नपर्ने उनले बताए । उनले भने, ‘हामीले तिम्रो सहयोग चाँहिदैन भन्दाभन्दै पनि जवरजस्ती सहयोग लिनै पर्छ र त्यसका लागि विभिन्न सर्तहरू पूरा गर्नुपर्छ भन्दै आइरहेको छ । आखिर किन ? भन्ने प्रश्नको उत्तरबाटै अमेरिका गलत नियतका साथ नेपाल आएको प्रष्ट हुन्छ ।’

कार्यक्रममा सम्बोधन गर्दै नेता सन्देशले हालसम्म विश्वमा १६ देशमा एमसीसी लागू भएको तर कुनै पनि देशले आज सम्बृद्धिको बाटो समात्नुको उल्टो रणमैदान बन्नुको साथै प्राकृतिक श्रोतसाधनको अनाधिकृत रुपमा दोहन मात्रै भएको, झन् ठूलो राजनीतिक सङ्कटमा फसेको उदाहरण दिँदै यस्तो प्रकारको राष्ट्रघाती, नेपाललाई विदेशीको रणमैदान बनाउने र प्राकृतिक स्रोतसाधन सिध्याएर देशलाई गरिब बनाउने एमसीसी सम्झौता पूर्णरुपमा खाजेर गराउनुपर्ने र त्यसको लागि सम्पूर्ण देशभक्त नागरिक अब सडकमा निस्कनुको विकल्प नरहेको बताए । साथै उनले सबैलाई सडकमा निस्कन आह्वान् समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :