नेकपा अछामद्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी निर्माण

नेकपा अछामद्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी निर्माण

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान अन्तर्गत अछामको रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी १५ सदस्यीय गाँउ कमिटी निर्माण गरेको हो ।

कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति अछामका सचिव तपेन्द्र तिमिल्सिना ‘सङ्घर्ष’ प्रमुख अतिथि रहेका थिए । उनले एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभएको, यसले राष्ट्र, राष्ट्रियता र स्वाधिनतालाई गम्भीर सङ्कटमा पार्ने भएकाले त्यसको विरुद्धमा आफूहरू जस्तो सुकै मूल्य चुकाउन तयार रहेको त्यसका लागि सबै देशभक्त नागरिकहरूले साथ दिन अपिल गरे ।

नेता सङ्घर्षले वर्तमान समयमा दलाल सरकार र त्यसका सञ्चालकहरू एमसीसी परियोजना लागू गर्न मरीहत्य गरिरहेकोप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रियताको सवालमा गम्भीर हुन चेतावनी समेत दिए । उनले वर्तमान समयमा स्थानिय सरकार भ्रष्टाचारको अखडा बन्दै गएको भन्दै यसको बिरुद्धमा आफ्नो पार्टी कडा सङ्घर्षसहित सशक्त प्रतिरोध गर्ने बताए । सरकार नै दलाली र भ्रष्टाचारमा व्यस्त हुँदा देशलाई सङ्कटबाट बचाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएकोले आफू रगत बगाएर भए पनि पूरा गर्ने सङ्घर्षले बताए । साथै उनले नवगठित कमिटीलाई बधाई तथा शुभकामनासमेत दिए ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख निरक शाही, रामारोशन गाउँपालिका इन्चार्ज विज्ञान अतिथि रहेका थिए भने कार्यक्रमको सञ्चालन रामारोसन गाउँपालिका सचिव सुरेश साउँदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :