नेपाल कम्युनिष्ट पार्टी महोत्तरी गाउँपालिकाको भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी महोत्तरी गाउँपालिकाको भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी महोत्तरी जिल्ला समितिको आयोजनामा महोत्तरी गाउँपालिकाको भेला सम्पन्न भएको छ ।
पार्टीका केन्द्रिय सदस्य तथा महोत्तरी धनुषा इन्चार्ज देवनारायणको प्रमुख आतिथ्यता र वारिष्ट मिश्रको अध्यक्षता तथा तिलक लामाको संचालनमा भेला सम्पन्न भएको थियो ।
भेलाले १३ सदस्यीय महोत्तरी गाउँपालिका समिति चयन गरेको छ । भेलामा बोल्दै प्रमुख अतिथि देवनारायणले दलाल भ्रष्टाचारी सरकारको ठाउँमा प्रगतिशील संयुक सरकार र दलाल संसदीय व्यवस्थालाई खारेज गरि वैज्ञानिक समाजवादको व्यवस्था स्थापना गर्न जनप्रेमी जनताले जनमतसंग्रहको माध्यम अपनाई आफ्नो अधिकार प्राप्त गर्न तयार रहनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :