जनपत्रकार संगठन नेपाल दाङको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा हेमन्त चयन

जनपत्रकार संगठन नेपाल दाङको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा हेमन्त चयन

नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल जिल्ला समिति दाङको दोस्रो जिल्ला सम्मेलन घोराहीमा मंगलबार सम्पन्न भएको छ ।
सम्मेलनले हेमन्त प्रकाश वलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा जंग रेउले, सचिवमा डिल्ली भुसाल, सहसचिवमा दोर्ण केसी, कोषाध्यक्षमा झुमा वलीलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा खगेन्द्र डाँगी, प्रकाश वली, शिवराज वली, निरज बस्याल, अंगराज परियार, रमेश चौधरी, गिता सुनार, देव बहादुर वली, नरेन्द्र यादव,प्रकाश डाँगी, अशोक शर्मा र कृष्ण अधिकारी रहेका छन् ।
दोस्रो जिल्ला सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सम्मेलनका प्रमुख अतिथि शितलले आफ्नो पार्टी र सरकार बिच भएको तीन बुँदे सहमतिको विषयमा केही दलालहरुले भ्रम छर्न खोजेकोप्रति आपत्ति प्रकट गर्दै जनपत्रकारहरुले सत्य, निश्पक्ष सुचना जनतालाई सम्प्रेषण गर्न आग्रह गरे ।नेता शितलले नेपालको राजनीतिक, आर्थिक, सामाजिक लगायत विविध समस्याहरु हल गर्न आफुहरुले सरकारसँग तीन बुँदे सहमति गरेको प्रष्ट पारे ।

एक फरक प्रसंगमा नेता शितलले संसदीय दलाल सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार र दलाल पुजीवादी राज्यसत्ताको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान अभियानमा पार्टी अघि बढेको बताए । केही प्रतिक्रियावादीहरुले आफुहरु जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसंग्रहको माग गर्दा अत्तालिएको समेत बताए । उनले भने,ूलोकतन्त्रको उच्चतम रुप जनमत हो भने जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिउू। जनपत्रकारहरुले अब आफुलाई मानव समाजको सरर्वोत्तम व्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिका लागि कलमको मोर्चामा कृयाशिल गराउन अपिल गरे ।

कार्यक्रममा विशिष्ट अतिथि जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य दाना केसीले समाज रुपान्तरण गर्न पत्रकारिता गर्नुपर्ने धारणा राखिन् । उनले पुजिपतिहरुले आफ्नो लुटको स्वर्ग बचाउन पत्रकारिता आफ्नो ढंगले चलाएको बताइन् ।आफुहरुको पत्रकारिता मिसन पत्रकारिता नै भएको नेतृ दानाको भनाइ थियो ।

यस्तै सम्मेलनमा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले दलाल राज्यव्यवस्थाको कारणले पत्रकारिता क्षेत्रको विकास नभएको धारणा राखे ।पत्रकारितामा भइरहेको विकृति विसंगतिका विरुद्ध सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले हल गर्नुपर्ने नेता प्रदिपको भनाइ थियो ।
सम्मेलनमा जिल्लाका कृयाशिल पत्रकार संगठनका प्रतिनिधिहरू लगायत पार्टी निकट जनवर्गिय संगठन अखिल (क्रान्तिकारी),नेपाल गणतान्त्रिक खेलकुद महासंघका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

जनपत्रकार संगठन नेपाल दोस्रो दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्य प्रकाश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य दाना केसी र नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको विशिष्ट आतिथ्य, अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर, गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य कमल आरसी, गणतान्त्रिक खेलकुद महासंघ राप्ती संयोजक अर्जुन, प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर, प्रेस संगठन नेपालका जिल्ला कार्यालय सदस्य पाण्डव शर्मा, नेकपा दाङ जिल्ला सदस्य द्वय राजकुमार र महान, दलित पत्रकार संगठन दाङ जिल्लाका वरिष्ठ उपाध्यक्ष गिरीराज नेपाली, नयाँ युगबोध राष्ट्रिय दैनिकका प्रतिनिधि आभास बुढाथोकी, सिस्ने अनलाइन प्रतिनिधि हिमाल महाराको आतिथ्यता रहेको थियो ।

सम्मेलनबाट नवनिर्वाचित कमिटीलाई बधाइ मन्तव्य मन्तव्य पार्टी जिल्ला कमिटी सदस्य द्वय राजकुमार र महानले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :