भ्रष्टाचारको विरुद्ध हाम्रो अभियान र जनसंघर्षमा सहभागी हुन नेकपाकाे आह्वान

भ्रष्टाचारको विरुद्ध हाम्रो अभियान र जनसंघर्षमा सहभागी हुन नेकपाकाे आह्वान

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले ‘भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघर्ष’ मा आम सरोकारवाला निकाय र आम जनसमुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज प्रविण र सेक्रेटरी युगीनले भ्रष्टाचारविरुद्ध प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा भएका तमाम भ्रष्टाचारविरुद्ध जनबहिष्कारसहित ‘भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघष’ मा सहयोग र समर्थन गर्न आम सिन्धुबासी जनसमुदायमा अनुरोध गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाका सम्पूर्ण सरकारी कार्यलयहरु झैँ स्थानीय निकायहरुमा चरम भ्रष्टाचार भएको महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन –२०७८ ले पनि छर्लङ्ग पारेको विज्ञप्तीमा उल्लेख छ । जुन महालेखाको प्रतिवेदन अनुसार भोटेकोशी गाउँपालिकामा ७ करोड १ लाख २ हजार बेरुजु रहेको छ । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकामा ७ करोड १६ लाख २३ हजार बेरुजु, त्रिपुरासुन्दरी गाउँपालिकामा १ करोड ९० लाख ५६ हजार बेरुजु रहेको र यसरी जम्मा बेरुजु रकम १६ करोड ७ लाख ८१ हजार रहेको छ ।

जिल्लामा भएको यस्ता चरम भ्रष्टाचारप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तीमा लेखिएको छ, –‘दलाल पुजीवादी संसद झुटका पुलिन्दा बर्साउने, नक्कली विवरण र कागजजात पेश गर्ने, गफ उडाउने, एक अर्कालाई छक्याउने पछार्ने र भ्रष्टाचारलाई अनुमोदन गर्ने अखडामा बदलिएका छन् । बाहिर सुख र समृद्धिको राग अलाप्ने तर भित्र जनताको नाममा आएको रकमलाई भ्रष्टाचार गरि आफ्नो झोलि भर्ने कार्य गरिरहेका छन् । यस्ता पाइलापाइलामा पाइपाई निचोर्न खप्पिस दलाल पुजीपति वर्गको अनियन्त्रित एवम् असिमित शोषणका कारण नागरिकको जीवन संकटग्रस्त बन्दै गएको छ । यस्ता प्रकृतिका राष्ट्रघात, जनघात र भ्रष्टाचार गरि जनतालाई झुक्याउने व्यवस्थाको विरुद्ध जनवहिष्कारसहित जनकारबाही सशक्त ढंगले बढिरहेने कुरा जानकारी गराउँदछौँ ।’

भ्रष्टाचारको विरुद्ध प्रेस विज्ञप्तिको पूरा पाठ–

आदरणीय पत्रकार मित्रहरू, सरोकारवाला निकायहरु तथा न्यायप्रेमि सिन्धुबासी जनसमुदायहरु,
दलाल पुँजीवादी संसदीय राज्य व्यवस्था रहँदासम्म जनताको वास्तविक लोकतन्त्र, सुख, शान्ति, स्थिरता सुशासन, स्वाधीनता र संमृद्वि संभव छैन । यतिबेला हाम्रो जनप्रिय नेपाल कम्युनिस्ट पार्टी राष्ट्रघात, जनघात, भ्रष्टाचार, बेरोजगार, महङगी, कर आतङक, हत्या, हिंसा, बलात्कार, राष्ट्रियता, जनतन्त्र, जनजीविका र हरेक दमनकाविरुद्ध संघर्षरत रहेकोे छ । राज्यसत्ता संचालकहरू नै भ्रष्टाचारमा लिप्त भएका छन्, घुस नदिए जनताको कामै नगर्ने, दिनप्रतिदिन मंहगी बढाउने, जनतामाथि अचाक्लि कर थप्ने दलाल पुजीवादी संसदीय व्यवस्थाको चरित्रको कारण आम श्रमिक जनता आक्रान्त बनिरहेका छन् । जनताको अतिरिक्त कर असुलि गरि अवैध सम्पति कुम्ल्याउनु कथित जनप्रतिनिधि र सत्ताका मालिकहरुको दिनचर्या बनेको छ । विगतमा केन्द्रमा बढि चल्ने घुस र भ्रष्टाचार अहिले गाउँगाउँमा वैध कार्य जस्तो बन्न पुगेको छ भने राजनीतिक र प्रशासनिक क्षेत्रमा खुले आम भ्रष्टाचार चलिरहेको छ ।

सिन्धुपाल्चोक जिल्लाका सम्पूर्ण सरकारी कार्यलयहरु झैँ स्थानीय निकायहरुमा चरम भ्रष्टाचार भएको महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन –२०७८ बाट छर्लङ्ग भएको छ । सिन्धुपाल्चोक जिल्लामा भएको यस्ता चरम भ्रष्टाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । जुन महालेखाको प्रतिवेदन अनुसार भोटेकोशी गाउँपालिकामा ७ करोड १ लाख २ हजार बेरुजु रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा ७ करोड १६ लाख २३ हजार बेरुजु रहेको छ र त्रिपुरासुन्दरी गाउँपालिकामा १ करोड ९० लाख ५६ हजार बेरुजु रहेको छ । यसरी जम्मा बेरुजु रकम १६ करोड ७ लाख ८१ हजार रहेको छ ।
यसर्थ दलाल पुजीवादी संसद झुटका पुलिन्दा बर्साउने, नक्कली विवरण र कागजजात पेश गर्ने, गफ उडाउने, एक अर्कालाई छक्याउने पछार्ने र भ्रष्टाचारलाई अनुमोदन गर्ने अखडामा बदलिएका छन् । बाहिर सुख र समृद्धिको राग अलाप्ने तर भित्र जनताको नाममा आएको रकमलाई भ्रष्टाचार गरि आफ्नो झोलि भर्ने कार्य गरिरहेका छन् । यस्ता पाइलापाइलामा पाइपाई निचोर्न खप्पिस दलाल पुजीपति वर्गको अनियन्त्रित एवम् असिमित शोषणका कारण नागरिकको जीवन संकटग्रस्त बन्दै गएको छ । यस्ता प्रकृतिका राष्ट्रघात, जनघात र भ्रष्टाचार गरि जनतालाई झुक्याउने व्यवस्थाको विरुद्ध जनवहिष्कारसहित जनकारबाही सशक्त ढंगले बढिरहेने कुरा जानकारी गराउँदछौँ ।
यस ‘भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघर्षमा’ आम सरोकारनिकायहरुलाई आ–आफ्ना स्थानबाट सहयोग र समर्थन गरिदिनु हुन आम सिन्धुबासी क्रान्तिकारी जनसमुदायहरुमा हार्दिक अनुरोध गर्दछौँ ।
क्रान्तिकारी अभिवादन सहित !
१२ भाद्र २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :