नेकपा दाङले सम्पुर्ण नेता–कार्यकर्तालाई बाढी प्रभावितहरुको उद्दारमा लाग्न निर्देशन

काठमाडौं / साउन २८ : नेपाल कम्युनिस्ट पार्टी, दाङका सेक्रेटरी सविन पोख्रेलले पार्टीका सम्पुर्ण नेता–कार्यकर्ताहरुलाई बाढी प्रभावितहरुको उद्दारमा लाग्न निर्देशन दिनुभएको छ । सेक्रेटरी सविनले शनिबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिनुभएको हो । उहाँको विज्ञप्तिमा भनिएको छ – लगातार हिजो देखि भैरहेको अविरल वर्षाले गर्दा दाङमा ठूलो धनजनको क्षति भएको छ । हाल सम्म एक जनाको ज्यान गएको छ । दर्जनौं परिवार घर बिहिन भएका छन । कैयौं नागरिक घाइते भएका छन । बाढीले बगाएर दःुखद निधन भएकी दाङ फुलबारिकी भगवता सुनारको परिवारप्रती गहिरो समवेदना प्रकट गर्दै धनजनको क्षति भएकोमा पार्टीको तर्फबाट गहिरो दुख प्रकट गर्दछु । घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दछु । वर्षाको कारण फसिरहेका नागरिकहरुको अवस्था प्रती संबेदनसिल बनी छिटोभन्दा छिटो उद्दार गर्न सरकार सग जोडदार माग गर्दछु । साथै हाम्रो पार्टीका सम्पुर्ण नेताकार्यकर्ता युवा विद्यार्थी सबैलाई बाढी प्रभावितहरुको उद्दारमा लाग्न अपिल गर्दछु ।

२०७४ साउन २८ गते ३ : ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :