कैलालीमा सनराइज स्मृति सभा सम्पन्न

काठमाडौं / साउन २८ : नेपाल कम्युनिस्ट पार्टी, कैलालीले एकीकृत जनक्रान्तिका महान् सहिद चन्द्रबहादुर सिंह ‘सनराइज’ को स्मृति सभा सम्पन्न गरेको छ । शनिबार कैलालीको लम्कीमा सो सभा सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिना ‘राप्ती’ले महान् सहिद सराइजको सपना पूरा गर्ने दृढता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले बाह्य हस्तक्षेप र आन्तरिक दलालहरुको घेरामा रहेका राज्यसत्तालाई जनताको सत्ताले मुक्त गर्न एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबन्द हुनुपर्ने बताउँनुभयो ।
सभामा महान् सहिदकी आमा हरिना देवी सिंहको सहभागिता रहेको थियो । कार्यक्रमका सभाध्यक्ष कैलाली जिल्ला सेक्रेटरी गणेश ढकालले गरेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला कार्यालय सदस्य बिनोद बिष्टले गरेका थिए ।

२०७४ साउन २८ गते ४ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :