जर्याक जुरुक उठ्दै सर्लाही, द्रुत गतिमा संगठन विस्तार

sarlahi2

सर्लाही ः कात्तिक ६, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले संगठन बिस्तारमा तीव्रता दिएको छ त्यसै क्रममा बबरगन्ज गा. बि. स. मा सचिन्द्र झा को नेतृत्व मा २१ सदस्य गाउँ कमिटी गठन गरिएको छ ।

कार्यलय सदस्यहरुमा सचिन्द्र झा, कुसवहा, गुरदयाल सिंह,सुनिल कुमार झा, संजय कुमार दास अन्य सदस्यहरुमा इन्दल पास, मार शाह, अशोक कुमार पासवान, जितेन्द्र मिश्र, मनोज राम, रजिन्द्र राम, सेवक राम, सचिन्द्र पासवान, विरेन्द्र पासवान, नरेश मिश्र, शुवदार मुखिया, विष्णु माझी, भरोसी शाह लगायत छन् ।

उक्त भेला को प्रमुख अतिथी जिल्ला सेक्रेटरी कमल सुस्लिङ अतिथी जिल्ला सदस्य सिताराम साह र अहिमन राम हुनुहुन्थ्यो । भेला बबरगन्ज को वडा नम्बर ८ मा सम्पन्न भएको थियो ।

धादिङमा सम्पन्न केद्रीय समितिले पार्टीको महाधिवेशन गर्ने निर्णय गरेपछि जनतामा पार्टी अब क्रान्ति गर्छ भन्ने विस्वास बढेको छ । त्योसंगै सर्लाहीमा संगठन द्रुत गतिमा विस्तार भैरहेको सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङ ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :