महाभ्रष्ट कार्की र भ्रष्ट संसद्वादीहरु जुगाँको लडाई

Maoist leader Netra Bikram Chand. THT file photo.gobinda-kc-and-lokman-singh-karki-768x432

काठमाडौं ःकात्तिक ६, लोकमानसिंह कार्की ठूलो शक्तिको बलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनेका थिए । कार्कीले केही दिन निकै चर्चा पनि कमाए । कार्कीले सुरुसुरुमा ‘साना माछा’ समात्न थालेपछि सर्वसाधारणले पनि कार्कीलाई धन्यावाद समेत दिए । सर्वसाधारणको खुशीयालीसँगै भ्रष्टहरुमा त्रास पनि फैलियो ।

राजनीतिक पार्टीका नेता–कार्यकर्ता, कर्मचारी, संघ–संस्था, सेना प्रहरीको तल्लोदेखि माथिल्लो तहका सबै कार्कीबाट निकै डराउन थाले । कतिपयले आफूलाई राति कार्कीले लखेटेको सपना देख्न गरेको बताएका समेत थिए । कार्कीले सानासानालाई कार्वाहीको डण्डा देखाएर भित्रभित्रै भ्रष्टाचार, अख्तियार दुरुपयोग गरेको भन्दै नेकपा (माओवादी)ले कार्कीलाई मुख्य भ्रष्टाचारी भएको घोषणा गर्यो । माओवादीले २०७१ चैत्र १० भ्राष्टाचारविरोधी अभियानको घोषणा गरेर कार्कीलगायतलाई कार्वाहीको माग गर्दै अपील सार्वजनिक गर्यो ।

त्यतिबेला कार्कीविरुद्ध बोल्ने कसैसँग आट पनि थिएन । कार्कीलाई बाघ देख्नेहरुले माओवादीको घोषणा देखेर जिब्रो समेत टोकेका थिए । माओवादीले लोकमानलाई कालोमोसो लगाउने तयारी समेत गरेको थियो तर सुरक्षा घेराभन्दा कहिलै बाहिर नभएकाले तत्काल सम्भव नभएको माओवादी नेताहरुले बताउने गरेका छन् । माओवादीले महाभ्रष्ट र अनैतिक भनेपछि कार्कीले माओवादी नेताहरुलाई भेट्ने प्रयास समेत गरे तर सम्भव भएन ।

lokman-karkiapil

त्यसपछि सर्वसाधारणले बिस्तारै कार्कीविरुद्ध बोल्ने आट गरेका थिए । स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै अनसन बस्दै आएका डा. गोविन्द केसीले लोकमानले अख्तियारको दुरुपयोग गरेको, सानालाई कार्वाही गरेको देखाएर आफूले भ्रष्टाचार गरिरहेको बताउँदै कार्बाहीको माग गरे । जतिबेला विप्लव माओवादीले कार्कीलाई महाभ्रष्ट भन्यो त्यतिबेला डा. केसीलाई पनि विश्वास लागेको थिएन । जे होस् कार्कीविरुद्ध बोल्ने विप्लव पछाडि केसी दोस्रो ब्यक्ति हुन् ।

प्रधानन्यायाधिश सुशीला कार्की तेस्रो हुन् । प्रधानन्यायाधिश भएलगत्तै सुशीलाले नियुक्तिविरुद्ध परेको रिटलाई पुनरावोलकन गरिन । त्यसअघि सर्वोच्चले नै उक्त रिटलाई खारेज गरेको थियो । लोकमानको दादागिरीलाई यो स्तरसम्म पुर्याउने सुशीलाको निर्णयक भूमिका छ । विप्लव, गोविन्द केसी, सुशीला हुँदै संसदसम्म कार्कीको विवाद पुग्यो ।

सुशीलाले मुद्धा ब्यूँझाएपछि प्रधानमन्त्री प्रचण्डलाई तर्साउन लोकमानले जनमुक्ति सेनाको ब्यारेकमा भएको भनिएको अनिमियततालाई अगाडि सारे । प्रचण्ड भारत भ्रमणबाट फर्केपछि पार्टी बैठकमा कार्कीलाई मिलाइसकेका भन्दै चिन्ता नमान्न नेताहरुलाई आवश्वासन दिएका थिए । प्रधानमन्त्री प्रचण्डसँग भएको भनिनएको भेटपछि लोकमान विदेशतिर हानिएका थिए । लोकमानले विदेशबाटै म्याद टाँस रोक्न प्रयास गरे तर अख्तियारले जसरी पनि म्यादको प्रक्रिया पूरा गर्ने देखेपछि बुधबार नै कार्की विदेशबाट स्वादेश फर्केका थिए । विप्लव माओवादीले कार्कीलाई महाभ्रष्ट भन्दै कार्वाही गर्नुपर्ने कुरा उठाएको २० महिनामा २०७३ कात्तिक ३ गते सांसदहरुले कार्कीविरुद्ध महाअभियोगको हिम्मत गरेका छन् । 

यो भन्दा अघि लोकमान प्रकरण भारतको योजनामा बनेको थियो जुन दवाबलाई काङ्ग्रेस एमाले, माओवादी केन्द्रले थेग्न सकेका थिएनन् । परिणाम स्वरुप अहिले भारत प्रचण्ड सरकारलाई विस्तापित गर्न कसरत गरिरहेको छ भने प्रचण्ड र केपी ओलीहरु आफ्नो पार्टी विरुद्धको भारतीय हमलालाई रोक्न चाहन्छन् । आफ्नो पार्टी माथिको हमला रोक्ने पहिलो अचुक उपाय लोकमानलाई महाअभियोग लगाउनु नै एमाले र माओवादी केन्द्रका नेताहरुको बुझाई रहेको छ ।

अगामी निर्वाचनमा कम्युस्ट पार्टीहरुलाई ठेगान लगाउन भारतले लोकमानलाई प्रयोग गरेर एमाले र माओवादी केन्द्रका नेताहरुलाई बदनाम गराएर नेपालको राजनीतिक परिवेशलाई आफ्नो काबुमा ल्याउन चाहन्छ । भने एमाले र माओवादी केन्द्रका नेताहरु भारतको योजनालाई असफल पार्न खोजीरहेका छन् । काङग्रेस भने एमाले र माओवादी केन्द्रका नेताहरुलाई भ्रष्टचारको मुद्धा लगाएर अगामी निर्वाचन आफ्नो पक्षमा ल्याउने कसरत गरिरहेको प्रमाण लोकमानलाई महाअभियोग लगाउने विषयमा काङग्रेसको मौनता हो । यी सबै घटना र परिघ टनाहरुलाई साँढे जुधाईको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :