कात्तिक २८ गते नेपाल बन्दको घोषणा

k

काठमाडौँ ः असोज ३०,अनियत्रित महङ्गीलाई सरकारले पक्षपोषण गरेपछि त्यसको विरुद्धमा नेकपा (माओवादी) ले यस अघि नै सङ्घर्षको कार्यक्रम घोषणा गरिसकेको छ । पार्टी प्रशिक्षण र जनश्रममा जुटेको नेकपा (माओवादी) ले छटपर्ब लगत्तै भने खाद्य सम्प्रभुताको लागि संघर्षलाई चर्काउने भएको छ ।

कात्तिक २८ गते नेपाल बन्द लगायतका संघर्षका कार्यक्रमलार्इ अगाडि बढाउने नेकपा (माओवादी) का पोलिट व्यूरो सदस्य तथा प्रकाशन विभाग इन्चार्ज अनिल शर्माले बताएका छन् । महंगी, कालोबजारी,भष्टाचाविरुद्धको संघर्षलाई अगाडि बढाउँदै आएको माओवादीले पछिल्लो पटक खाद्य सम्प्रभुता सुनिश्चितालाई मुख्य एजेण्डा बनाएर संघर्ष गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :