चीनमा यात्रुवाहक साधन दुर्घटना / ३६ को मृत्यु, १३ घाइते

काठमाडौं / साउन २७ : चीन, छेन्दुमा यात्रुवाहक साधन बिहीबार राती ११ : ३४ मा दुर्घटना हुँदा दुई बालबालिकासहित ३६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएको चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ । ५१ जना यात्रु बोकेर छेन्दुबाट लुयाङतर्फ जाँदै गरेको लामो दुरीको यात्रुबाहक बस दुर्घटनामा परेको हो । छेन्दुबाट लुयाङ जाँदै गरेको यात्रुवाहक अनियन्त्रित भै पर्खालमा ठोकिंदा दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगेको बताइएको छ ।

२०७४ साउन २७ गते ८ : ५० मा प्रकाशित

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :