गोजमुमोको कार्यालयमा आगलागी / प्रहरीमाथि आशंका

काठमाडौं / साउन २७ : दार्जीलिङ शहरको मुटु चौकबजारमा अवस्थित गोर्खा जनमुक्ति मोर्चा टाउन समितिको कार्यालयमा आगो लागेको छ । दार्जीलिङ चौकबजारमा रहेको शहर डाकघरको माथिल्लो तलामा रहेको गोजमुमोको कार्यालय पूर्ण रुपमा जलेको छ । २४ घण्टानै कठोर सुरक्षाको घेरोमा रहने दार्जीलिङ सदर थानादेखि अधिकत्तम ५० मिटरको दूरीमा रहेको गोजमुमोको पार्टी कार्यालयमा कसले आगो लगायो, यसको कसैले किटान गर्न सकेको छैन । तर आगो लगाइएको घट्नामा गोजमुमोले प्रहरीमाथि आशंका गरेको छ ।

दार्जीलिङ पहाड़मा सम्पूर्ण जनता अनि पार्टीहरु गोर्खाल्यान्डको लागि एकताबद्ध बनेका छन् । यसैले गोजमुमो, गोरामुमो, जाप अनि अन्य पार्टीहरुमाझ झगड़ा पार्न प्रहरीले गोजमुमोको पार्टी कार्यालय जलाउने, प्रेसको गाड़ी जलाउने जस्ता कार्यहरु भइरहेको रहेको आशंका गोजमुमोका प्रवक्ता विनीता रोकाले बताएकी छन् । दार्जिलिङमा नेपालीभाषीहरुले गोर्खाल्याण्ड राज्यको माग गर्दै आज ५८ दिन भैसकेको छ भने आमरण अनशन भएको पनि २२ दिन भएकाे छ । तर अझैसम्म पनि भारत सरकारले गोर्खाल्यान्ड राज्य गठनमाथि ठोस आश्वासन नदिएको फलस्वरूप जनता सड़कमा आउन छोड़ेका छैनन् ।

२०७४ साउन २७ गते ४ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :