उत्तरकोरियामाथि अमेरिकाले आक्रमण गरे चीन चुप लागेर नबस्ने

काठमाडौं / साउन २७ : उत्तरकोरियामाथि अमेरिकाले आक्रमण गरे चीनले चुप लागेर नबस्ने बताएको छ । चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले यदि अमेरिकाको विरुद्धमा उत्तर कोरियाले हमला गर्छ भने चीन तटस्थ बस्ने बताएको छ । चीनले  अगाडि भनेका छन्  ‘यदि अमेरिका दक्षिण कोरियाको सत्ता परिवर्तनको उद्देश्यले उत्तरकोरियामाथि आक्रमण गर्छ भने चीन चुप लागेर बस्ने छैन ।’ उत्तरकोरिया र अमेरिकाबीचको तनावको असर अब चीनमा पनि पर्न थालेको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनले यस आक्रमणलाई रोक्नका लागि हस्तक्षेप गर्नैपर्छ ।

 

२०७४ साउन २७ गते २ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :