डा. गोविन्द केसीको समर्थनमा चितवनमा धर्ना

चितवन/साउन २७ः डा. गोविन्द केसीको समर्थनमा चितवनमा रिले अनसन सुरु भएको छ । ‘सोलिडारिटी फर डा. केसी अलायन्स चितवन’ को अगुवाईमा जिल्ला प्रशासन कार्यालय चितवनमा एक ज्ञापन–पत्र बुझाई बुधबारदेखि अनसन सुरु गरिएको हो । एक पटकमा ४ जना बस्ने र ६/६ घण्टामा अनसनकारी बदलिने अनसनकारीहरुको भनाइ छ । अनसनमा विभिन्न पार्टी प्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, नागरिक समाजलगाएतको समर्थन रहेको र समर्थकहरुको संख्या बढ्दै गएको छ । समर्थकहरुले सडक कविता बाचनसमेत गरेकाछन् । चौविसकोठीमा सुरु भएको उक्त अनसन डा. केसीले उठाएका माग पुरा नभएसम्म नरोकिने, यदी सरकारले मागप्रति बेवास्ता गरे अस्पतालका सबै सेवा बन्द गरी कडा भन्दा कडा आन्दोलनमा उत्रने अनसनकारीहरूकाे भनाइ छ ।

 

२०७४ साउन २७ गते १ : ३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :