नेकपा गुलरियाद्वारा खेलकुद सामाग्री हस्तान्तरण

नेकपा गुलरियाद्वारा खेलकुद सामाग्री हस्तान्तरण

रमेश प्याकुरेल
नेपाल कम्युनिष्ट पार्टी गुलरियाद्वारा विद्यार्थीहरूलाई खेलकुदको सामग्री हस्तान्तरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बर्दियाले मंगलबार गुलरिया नगरपालिकाका युवा र विद्यार्थीहरुलाई   विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको हो।

नेपाल कम्युनिस्ट पार्टी गुलरिया नगर इन्चार्ज तपेन्द्र रसाइली “धर्तीले” युवा तथा विद्यार्थीहरूलाई खेलकुद सामाग्री हस्तान्तरण गर्दै युवा तथा खेलाडीहरू राष्ट्रको गहना भएको बताए। युवा खेलाडीहरूले खेलमार्फत देशको नाम उँचो बनाउने बताउँदै खेलाडीहरूको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताए। खेलाडीहरूलाई आफ्नो क्षमता विकास गर्न सजिलो होस् भन्ने उद्देश्यले खेलकुद सामाग्री प्रदान गरिएको बताउँदै खेलाडीहरूलाई आफ्नो पार्टीको सदैव सहयोग समर्थन रहिरहने बताए।

खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम गुलरिया नगर सेक्रेटरी पदमको अध्यक्षतामा सम्पन्न भएको को थियो।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :