उत्तरकोरियाले गुआममा एकै पटक ४ वटा क्षेप्यास्त्र प्रहार गर्ने

guam

पोङयाङ / साउन २६ : कोरियाली प्रायद्धीपमा तनाव बढ्दै गर्दा उत्तरकोरियाले प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै  एकै पटक ४ वटा ह्वासोङ व्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्ने भएको बिहीबार उत्तरकोरियाली समाचार संस्था केसीएनए वाचले बताएको छ ।
उत्तरकोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार ह्वासोङ व्यालेस्टिक क्षेप्यास्त्र -१२ नाम दिइएका ह्वासोङ व्यालेस्टिक क्षेप्यास्त्रहरु जापान माथिबाट हुँइकिदै गएर प्रसान्त महासागरमा रहेको गुआम समुद्रमा खस्नेछन् । त्यस्तै  उत्तरकोरियाली सेना पिपुल्स लिबरेसन आर्मिका प्रमुख जनरल किम राक ग्योमले अगाडि भनेका छन् ।  कोरियाली सेनाले प्रहार गर्ने ह्वासोङ व्यालेस्टिक क्षेप्यास्त्र–१२ हरु जापानको शिमाने, हिरोसिमा र कोइची क्षेत्रको आकास काटेर जानेछन् ।

 

२०७४ साउन २६ गते ९ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :